नेकपा स्थायी कमिटी बैठक स्थगित
काठमाडौँ, ३१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज वस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आज विहान ११ बजे पार्टी मुख्यालयमा धुम्वाराहीमा बस्ने भनिएको बैठक स्थगित गरिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।
स्थायी कमिटी सदस्य सवैको कोरोना भाइरस (कोभिड १९)को परीक्षण गरेर मात्रमा बैठक वस्ने भएकोले स्थगित गरिएको बताउनुभयो । आज बस्ने बैठक पार्टी एकतापछिको तेस्रो बैठक रहेको थियो । अहिले ४५ जना स्थायी कमिटी सदस्य रहेका छन् ।
आज बस्ने भनिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम, कोभिड १९ र भारतद्धारा अतिक्रमण गरिएका नेपाली भूमिका बारेमा छलफल गर्ने कार्यसूचि रहेको थियो ।
हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र अर्का अध्यक्ष प्रचण्डबीच सहमति भएपछि बैठकको आवहन गरिएको थियो । यसअघि पुसमा बैठक बसेको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष
ट्याग : #स्थायी कमिटी बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्