भोलि बस्ने स्थायी कमिटी बैठकमा यी हुन नेकपाका एजेण्डा
काठमाडौ ३० वैशाख । नेकपाले अन्ततः स्थायी कमिटी बैठक डाकेको छ। बैठकलाई बजेटपछि धकेल्ने प्रयास गरिरहेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तयार भएपछि बैठक बोलाइएको हो।
बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने नेकपा पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
आफू अल्पमतमा रहेको स्थायी समितिको बैठकलाई अनावश्यक भन्दै टारिरहेका प्रधानमन्त्री ओली अचानक बैठक राख्न तयार देखिएका हुन ।
यसअघि वरिष्ठ नेता माघवकुमार नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटका २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गर्दै हस्ताक्षर अभियान समेत गरेका थिए । तर अध्यक्ष ओलीले अहिले बजेट अघिवेशन र कोरोनाको कारण देखाउदै बैठकलाई ढिलाई गर्ने सोच बनाएका थिए ।
अर्का अध्यक्ष प्रचण्डसंगको सहमतिमा नै ओली बैठक डाक्ने निर्णयमा पुगेका हुन । यसअघि यहि वैशाख २४ गतेको सचिवालय बेठकले स्थायी कमिटीका एजेण्डा तय गर्नका लागि बैठक राखिएपनि त्यो निष्कर्ष विहिन भएको थियो ।
बैठकको एजेण्डाबारे छलफल हुदा अध्यक्ष ओली बैठक छाडेर बीचैबाट हिडेका थिए । पछि ओली र प्रचण्डबीच बैठकका एजेण्डा तय गर्ने सहमतिमा सचिवालय बैठक त्यतिकै सकिएको थियो ।
भोलिेदेखि बस्ने बैठकमा सरकारको बजेट अधिवेशन, सरकारको नीति तथा कार्यक्रम, भारतबाट अतिक्रमण गरिएको भूमिका बारेमा छलफल हुने छ ।
सरकारको नीति तथा कार्यक्रम २ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गर्दैछिन् भने आर्थिक वर्ष २०७७र०७८ को बजेट १५ जेठमा ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।
पार्टीको आन्तरिक विवाद मत्थर नपारी संसदमा बजेट पेस गर्दा पारित गर्न मुस्किल हुने र त्यसले सरकारको वैधानिकतामा प्रश्न उठ्नसक्ने देखेर ओली बैठकका लागि तयार भएको एक स्थायी समिति सदस्यले बताए।
‘आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न बैठक डाकिएको हो,’ ती नेताले भने, ‘संसदमै आफ्नै नेता सरकारविरुद्ध खनिने खतरा देखेपछि ओली सजग भए।’
यद्यपि बुधबार बैठक सुरु मात्रै हुने र त्यसलाई पछि निरन्तरता दिइने सम्भावना रहेको स्थायी समितिका सदस्य देवेन्द्र पौडेलले बताए।
पार्टी एकता भएपछि यो तेस्रो बैठक हो । यसअघि पार्टीको दोस्रो बैठक पुसको अन्तिम साता धुम्वाराहीमा बसेको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #स्थायी कमिटी बैठक
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्