एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो
काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसबीचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो ।
अमेरिका र इजरायल गठबन्धन र इरानबीच युद्ध सुरू भई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ आयात गर्ने नेपालजस्ता मुलुकहरु माथि परेको हो । पछिल्लो पटक निगमले बिहीबार बिहानदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रति लिटर ३० रुपैयाँ मूल्य बढाउने निर्णय गरेसँगै अब एक लिटर डिजेलको मूल्य १४२ रुपैयाँ पुगेको छ । गत चैत १ गतेको तुलनामा यो मूल्य ६६.९० प्रतिशतले धेरै हो । चैत १ मा एक लिडर डिजेलको मूल्य १४२ रुपैयाँ थियो । यस बीचमा पेट्रोलको मूल्य झण्डै ४० प्रतिशतले बढेको छ । चैत १ गतेसम्म १५७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अहिले २१९ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि यस बीचमा बढेर २५६ रुपैयाँ प्रतिलिटर पुगेको छ । यसअघि चैत १९ मा निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाएर २५१ रुपैयाँ पुर्याएको थियो ।
इन्धमा भएको मूल्यवृद्धिका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरीसकेको छ । प्राधिकरणका अनुसार चल्तीका हवाई रुटमध्ये काठमाडौं–भैरहवा यात्रा गर्दा अब यात्रुले अधिकतम ११ हजार १६ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो रुटको भाडा २ हजार ५३५ रुपैयाँले बढेको हो ।
यस्तै, सबैभन्दा बढी काठमाडौं–धनगढी रुटका लागि २३ हजार ५९ रूपैयाँ तोकिएको छ । यो रुटको भाडा साविकको तुलनामा ५ हजार ४३५ रुपैयाँ बढेको हो ।
यस्तै, यातायात व्यवस्था विभागले पनि यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशत र पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढाएको छ । साथै, तराइको बाटोमा हुने सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।
सरकारले पेट्रोलियम पदार्थमा सहुलियत नदिएको भने होइन । यसअघि सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको भन्सार शुल्क र पूर्वाधार विकास कर ५० प्रतिशतले घटाएको छ । यो भनेको पेट्रोलमा १७ रुपैयाँ र डिजेलमा १२ रुपैयाँ हो । तर अन्तर्राष्ट्रिय अभ्यास अनुसार यो अपर्याप्त भएको भन्दै सर्वसाधारणबाट सरकारको आलोचना समेत हुन थालेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्