Techie IT
बिहीबार, वैशाख १७,२०८३

राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसदको नाम, खस–आर्य पुरुष कोटाबाट भरत गिरी सिफारिस


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसद बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ ।
आइतबार काठमाडौँको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक बन्दसूचीमा रहेका चार जनालाई प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले खस–आर्य पुरुष कोटाबाट भरत गिरी सहित समानुपातिक बन्दसूचीमा रहेका अन्य तीन जनालाई प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीले जनाएको छ ।

यसैगरी, बैठकले पछिल्लो विषम राजनीतिक परिस्थितिमा समेत पार्टीका उम्मेदवारहरूलाई मतदान गरी प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र शाहीलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेको छ। साथै, शाहीलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय समेत गरिएको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् ।
अध्यक्ष लिङ्देनका अनुसार पार्टीले आगामी दिनमा संसदमार्फत जनताको अपेक्षा अनुसार जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्