कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका ः नेपाल

काठमाडौ । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालले कोरोनाको बेला पनि उच्च जोखिम मोलेर समाचार संकलनमा खटिने सञ्चारकर्मीहरु र रौतहटबासीलाई निःशुल्क दन्त सेवा प्रदान गर्ने भएको छ । ओम डेण्टल समाज होमको सहयोगमा सञ्चारकर्मीहरुलाई उक्त सेवा प्रदान गर्न लागिएको हो ।
पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले स्टलको उद्घाटन गर्दै कोरोना भाइरस (कोभिड १९)को संन्त्रासका बीच पनि समाचार संकलनका लागि फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरुलाई निःशुल्क दन्त सेवा उपलब्ध गराउने कार्य सह्रानिय भएको बताउनुहुँदै कार्यक्रमको आयोजना गर्ने सञ्चार केन्द्र नेपाल र ओम डेण्टल समाज होमलाई धन्यवाद दिनुभयो ।
मुखको सफाईले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै नेता नेपालले सञ्चारकर्मीहरुलाई ध्यानमा राखेर उपचार कार्यक्रमको आयोजना गर्नु उपयुक्त समयमा महत्वपूर्ण कार्य भएको बताउनुभयो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल कम संक्रमित भएको देशका रुपमा रहनु सुखद भएको बताउनुहुँदै भावी दिनमा समेत संकट टार्नको लागि सबैले सचेतना अपनाउन आग्रह गर्नुभयो ।
अहिलेको अवस्थमा कोरोना नियन्त्रणमा सरकारले चालेका कदमहरु प्रभावकारी भएको भन्दै यसलाई थप प्रभावकारी बनाउन जरुरी भएको नेता नेपालको भनाई थियो ।
कार्यक्रममा ओम डेण्टल समाज होमका डाक्टर सुवास घिमिरेले केही गरौँ भन्ने भावनाका साथ आफूँहरुले निशुल्क रुपमा यो सेवा प्रदान गरेको बताउनुभयो ।
आफूहरुले विगतमा पनि मुलुक संकटमा पर्दा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकारहरु पुरु रिसाल, तीर्थ कोइराला, शम्भु श्रेष्ठ, बालकृष्ण बस्नेत, दामोदर दवाडी, सागर पण्डितसहित दुई दर्जन पत्रकारहरुले दातको उपचार गराएका थिए ।
सो क्रममा बोल्दै डा. घिमिरेले मानव स्वास्थ्यका लागि दात सफाई महत्वपूर्ण हुने भन्दै सफाईका तरिका समेत बताउनुभएको थियो ।
कार्यक्रममा सञ्चार केन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंले समाचार संकलनमा फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरु र रौतहटबासीहरुसमेत लाभान्वित हुने गरि कार्यक्रम राखिएको चौलागाईंले बताउनुभयो ।
रौतहटबासीलाई राहत वितरण
सोही कार्यक्रममा प्रमुख अतिथि नेपालले रौतहट जिल्ला घर भई काठमाडौमा बसोबास गर्ने ३५ परिवारलाई राहत प्रदान गर्नुभएको छ । लामो समयदेखि लकडाउन भएपछि समस्यामा परेका रौतहटबासीलाई नेता नेपालले चामल, दाल, नुन, तेललगायतका खाद्यसामाग्री उपलब्ध गराउनुभएको हो । राहत वितरण कार्यक्रमको संयोजन पनि सञ्चार केन्द्र नेपालले गरेको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #माधवकुमार नेपाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्