बुढ्यौली साहित्य समाज महोत्तरीको दोस्रो अधिवेशन तथा सातौँ शृङ्खला सम्पन्न
बर्दिवास (महोत्तरी), पुस १३
बुढ्यौली साहित्य समाज महोत्तरीको दोस्रो अधिवेशन तथा सातौँ शृङ्खला २०८२ साल पुस १२ गते शनिबार बर्दिवासमा सम्पन्न भएको छ । कार्यक्रम समाजका अध्यक्ष लालबाबु पोखरेलको अध्यक्षतामा तथा बुढ्यौली साहित्य समाजका अभियान्ता रमेश मोहन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन सचिव नारदप्रसाद काफ्लेले गरेका थिए भने समाजका सदस्य मोहन गिरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
शुभकामना मन्तव्य दिने अतिथिहरूमा प्रगतिशील लेखक सङ्घ नेपाल मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, बुढ्यौली साहित्य समाज मधेस प्रदेश समिति सचिव तथा प्रगतिशील लेखक सङ्घ नेपाल महोत्तरी अध्यक्ष रामचन्द्र पौडेल, नेपाली लेखक सङ्घ नेपाल केन्द्रीय सदस्य कुमार दाहाल, गौरीशंकर मिथिला बाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, कमला साहित्य समाज धनुषाका अध्यक्ष गणेश तिमिल्सिना, जनता माध्यमिक विद्यालय गौरीडाँडाका पूर्व प्रधानाध्यापक तथा साहित्य अनुरागी नेत्र रम्तेल र बुढ्यौली साहित्य समाज मधेस प्रदेश समितिका अध्यक्ष लम्बोदर काफ्ले रहेका थिए । साथै विभिन्न विद्यालयका प्रधानाध्यापक तथा जनता साहित्यिक मञ्च गौरीडाँडाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।
कार्यक्रममा कविता, गीत, गजल र मुक्तक वाचन गरिएको थियो । वाचन गर्ने स्रष्टाहरूमा स्मृति भण्डारी, शान्ता काफ्ले, केदार सिक्देल, अम्बिका प्रसाद दाहाल, शिवनाथ महतो, ध्रुव बख्रेल, रामकृष्ण भण्डारीलगायत रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रमेश मोहन अधिकारीले बुढ्यौली साहित्य समाजको स्थापना उद्देश्य, नीति र योजनाबारे चर्चा गर्दै समाजले ज्येष्ठ नागरिकप्रति सम्मान र साहित्यिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । समाजले निरन्तर सक्रियता देखाएकै कारण गत कार्तिक महिनामा शिव सावित्री प्रतिष्ठानबाट सम्मान प्राप्त गरेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न शुभेच्छा व्यक्त गरे ।
खुला सत्रको समापन गर्दै अध्यक्ष लालबाबु पोखरेलले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा साहित्यप्रेमीप्रति आभार व्यक्त गर्दै कार्यसमितिको समयावधि समाप्त भएकाले समितिको विघटन गरिएको जानकारी दिए । साथै बन्दसत्रका लागि बुढ्यौली साहित्य समाज मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्लेको संयोजकत्वमा रमेश मोहन अधिकारी र रामचन्द्र पौडेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको घोषणा गरे ।
बन्दसत्रमा निर्वाचन समितिका संयोजक लम्बोदर काफ्लेले प्यानल प्रस्तुत गर्न आह्वान गरेपछि सदनबाट सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरिएको थियो । नवगठित कार्यसमितिअनुसार अध्यक्षमा लालबाबु शर्मा पोखरेल, उपाध्यक्षमा बोधराज दाहाल, सचिवमा सुदर्शन भट्टराई चयन भएका छन् । सदस्यहरूमा मोहन गिरी, देवी घिमिरे, नारद काफ्ले र शान्ता काफ्ले रहेका छन् ।
नवगठित कार्यसमितिलाई प्रमुख तथा विशिष्ट अतिथिहरूले टीका र खादा लगाएर सम्मान गरेका थिए । अध्यक्ष लालबाबु पोखरेलले पुनः जिम्मेवारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समाजलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रमको अन्त्यमा निर्वाचन समितिका संयोजक लम्बोदर काफ्लेले नवगठित कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरे । कार्यक्रम जनता माध्यमिक विद्यालय गौरीडाँडा, बर्दिबास–३ को सभाहलमा सम्पन्न भएको थियो।

क्याटेगोरी : banner, मनोरञ्जन/साहित्य, समाज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्