Techie IT
बुधबार, जेठ १३,२०८३

विद्युत सट हुँदा मार्तडी बजारमा आगलागी , क्षति विवरण संकलन गरिँदै


बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारमा आगलागीबाट करोडौँको क्षति भएको छ ।
बडीमालिका नगरपालिका वडा नम्बर ८ का प्रकाश थापाको पसलमा बिजुलीको तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार, पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो । आगलागीबाट बडीमालिका ८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान

जलेर नष्ट भएको छ ।

सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको  क्षतिको विवरण यकिन गर्ने काम भइरहेको उनले बताए ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #मार्तडी बजार आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्