एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन
खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन् ।
ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन् ।
खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ । पटकपटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनु परेको खेलाडीको भनाइ छ ।
प्रदर्शनमा खेलाडीका साथै फुटबल समर्थहरु पनि छन् । प्रदर्शन सुरु भएपछि एन्फामा सुरक्षा व्यवस्था कडा पारिएको छ । एन्फाको गेट बन्द छ । भित्र प्रवेश गर्न रोक लगाइएको छ ।
एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्