दोस्रो तहका नेताहरूको संयुक्त अपिल- अन्तरिम सरकारपछि तीन उच्चस्तरीय आयोग गठन होस्
काठमाडौं । प्रमुख राजनीतिक दलका दोस्रो तहका नेताहरूले जेनजीको भावनाअनुरूप संविधान सम्मत ढंगले अन्तरिम सरकार गठनसँगै सुशासन र पछिल्ला हिंसात्मक घटनाको छानबिन गर्न शक्तिशाली आयोगहरू गठन गर्न आह्वान गरेका छन् ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, नेकपा एस, जनता समाजवादी पार्टीका दोस्रो तहका नेताका साथै स्वतन्त्र सांसद समेतले १६ जना नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टीमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न नसक्नुमा आफ्नो कमजोरी स्वीकार गर्दै क्षमायाचना समेत गरेका छन् ।
उनीहरूले अन्तरिम सरकार गठनपछि आन्दोलनको क्रममा भएको जनधनको क्षति,सार्वजनिक तथा निजी सम्पत्तिको क्षति,व्यक्ति केन्द्रित हमलाको समग्र छानबिन गरी दोषी यकिन गर्न र उनीहरूलाई कानूनको दायरमा ल्याउन शक्तिशाली आयोग गठन हुनुपर्ने बताएका छन् ।
त्यस्तै भ्रष्टाचार अन्त गर्न राज्यको उच्च तहमा बसेका सबैको सम्पत्ति छानबिन गरी कारबाहीको दायरमा ल्याउन उच्चस्तरीय आयोग गठनको माग उनीहरूले गरेका छन् । संविधानमा सुधार गर्न संविधान पुनरावलोकन तथा सुधार आयोग गठन तथा राजनीतिक दलभित्रको सुधाकार लागि कानून परिमार्जनमा उनीहरूले जोड दिएका छन् ।
वक्तव्य जारी गर्ने नेताहरु यी हुन् ।
मिनेन्द्र रिजाल, नेता नेपाली कांग्रेस
सुरेन्द्र प्रसाद पाण्डे, उपाध्यक्ष नेकपा एमाले
धनश्याम भुसाल, महासचिव नेकपा एस
जनार्दन शर्मा, उपमहासचिव माओवादी केन्द्र
सन्तोष परियार, प्रमुख सचेतक रास्वपा
राजकिशोर यादव, नेता जसपा नेपाल
अमरेश सिङ, स्वतन्त्र सांसद
गोकर्ण विष्ट, सचिव नेकपा एमाले
रामकुमारी झाक्री, नेकपा एस
प्रकाश ज्वाला, उपाध्यक्ष नेकपा एस
एनपी साउद, नेता नेपाली कांग्रेस
देवेन्द्र पौडेल, सचिव माओवादी केन्द्र
सुदन किराती, माओवादी केन्द्र
अमनलाल मोदी, माओवादी केन्द्र
चन्द्र भण्डारी, नेपाली कांग्रेस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दोस्रो तहका नेताहरूको संयुक्त अपिल- अन्तरिम सरकारपछि तीन उच्चस्तरीय आयोग गठन होस्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्