पार्टी निर्माणमा एमालेले देखेको चुनौती- नेताहरूको भड्किलो जीवनशैली र आचरणमा स्खलन
काठमाडौं । नेकपा एमालेले पार्टी निर्माणमा १४ चुनौती देखेका छन्। ललितपुर गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रस्तावमा पार्टी निर्माणको चुनौतीहरूले उल्लेख छ ।
दस्तावेजमा भनिएको छ, ‘नेकपा (एमाले) कठिन समयमा जनताको बीचमा हुर्किएको पार्टी हो। त्यसक्रममा यस पार्टीका नेता र कार्यकर्ताले उदाहरणीय जनशैलीको विकास गरे। पार्टी काममा उक्त जनशैलीलाई स्थापित गर्ने काम गरे। पार्टीले विकास गरेको सोही जीवनशैलीको बलमा जनतासँगको घनिष्ठ सम्बन्ध कायम गर्न पार्टी सफल रहँदै आएको छ। आज पनि पार्टी र नेतृत्वका विरुद्धमा चौतर्फी घेराबन्दी र आक्रमण भइरहँदा सोही जीवनशैलीसँग परिचित जनताको पङ्क्तिले नेकपा (एमाले) र यसको नेतृत्वको दृढतापूर्वक रक्षा गर्ने गरेको छ ।’
पछिल्लो समयमा पार्टीका कतिपय नेता–कार्यकर्ताको जीवनशैली भड्किलो बन्दै जानु र आचरणमा समेत स्खलन देखिनु दुःखद विषय भएको उल्लेख छ।
दस्तावेजमा भनिएको छ, ‘केही कमजोरी नहुँदा त आरोपित गर्ने जत्था खडा भएको अवस्थामा सामान्य कमजोरी भेटेपछि तिललाई पहाड बनाउने अवस्था छ। यस्ता कुरामा पार्टी पङ्क्तिले ध्यान पुर्याउन नसक्दा त्यसले पार्टीलाई समेत गम्भीर असर पुर्याउने गरेको छ। पार्टीका नेता र कार्यकर्ताहरू हरदम जनताको निगरानीमा हुन्छन् भन्ने तथ्यलाई हृदयंगम् गर्नु पर्दछ। जनता आफूले मन पराएका नेता र पार्टीका बारेमा आरोप लाग्दा चिन्तित बन्ने गर्छन् । नकारात्मक प्रचारले पार्टी पक्षको जनमतलाई समेत प्रभावित गर्दछ ।’
पार्टीका नेता र कार्यकर्ताले हरदम जनपक्षीय जीवनशैली र असल आचरण अवलम्बन गर्नुपर्ने भन्दै पछिल्ला दिनमा पार्टी जीवनशैली र आका प्रश्नमा सुधारको योजना अघि बढाउन खोजे पनि त्यसलाई प्रभावकारी बनाउन पार्टीपंक्तिलाई ध्यानाकर्षण गराएका छन्। उनले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई अन्त्य गर्ने उद्घोष गरेको भए पनि त्यो समस्या खासै हल हुन नसकेको उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘नीति र नेतृत्वका प्रश्नमा पछिल्लो समय पार्टीमा खासै समस्या नभए पनि स्थानीय तहका अन्तरविरोधले गुटबन्दीको स्वरूप ग्रहण गर्ने जोखिम बढेको छ। वैचारिक राजनीतिक कामको अभावमा दक्षिणपन्थी अवसरवाद मौलाउने र त्यसले पार्टी जीवनलाई समेत प्रभावित गर्ने अवस्था देखिन्छ ।’
वैचारिक राजनीतिक स्तर र संगठनात्मक अनुभव कमजोर भएका कार्यकर्ताहरू कमिटीको महत्त्वपूर्ण जिम्मेवारीमा पुग्दा त्यसबाट पार्टी पद्धति र अनुशासनको पक्ष कमजोर बन्न पुगेको उल्लेख छ।
‘पछिल्लो समयमा त्यस्ता कार्यकर्ताहरूबाट समर्थनमा होस् वा विरोधमा, अनुशासनको सीमा भत्काउने प्रवृत्ति देखिन्छ । पार्टीमा अवसरवाद र अराजकता गुटबन्दीका स्रोत हुन् । त्यस्ता कुरालाई समयमै समाधान गर्नुपर्दछ । मिसन चौरासीको सफलताका लागि अवसरवाद र संगठनात्मक अराजकताका विरुद्धको सङ्घर्षमा सफलता हासिल गर्नु अपरिहार्य छ’ दस्तावेजमा उल्लेख छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विधान महाधिवेशन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्