एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि १० समूहमा छलफल
भदौ । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरुमाथि दश समूहमा छलफल सुरु भएको छ ।
सात प्रदेश, उपत्यका विशेष, जनसंगठन र प्रवास गरी दश समूहले प्रतिवेदनहरुमाथि छलफल सुरु गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक, निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बा, लेखा आयोगका डा. पुष्प कँडेल, अनुशासन आयोग संयोजक केशब वडाल र सल्लाकार परिषद् संयोजक अमृत बोहोराले प्रतिवेदन पेश गरेका थिए ।
प्रतिनिधिहरुलाई प्रस्तुत भएका प्रतिवेदनमाथि फरक मत तथा असहमित भए आ–आफ्नै समूहमा बहस गर्न अध्यक्ष ओलीले निर्देश गरेका छन् ।
दश समूहमा सबै प्रतिवेदनमाथि छलफल हुनेछ । प्रत्येक समूहले बहस नोट कमिटी, छलफलको प्रतिवेदन लिखित र टोली नेताले प्रतिवेदन हलमा पेश गर्न महासचिव पोखरेलले निर्देश गरेका छन् ।
त्यसैगरी, बन्दशत्रले सचिव लेखराज भट्टको संयोजकत्वमा बहस नोट कमिटी गठन भएको छ । जसमा सदस्यहरु स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्युरो सदस्य सूर्य थापा, जुली महतो, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य र विष्णुमाया विक रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले विधान महाधिवेशन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्