साफ यू-२० महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल आज बंगलादेशसँग भिड्दै
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग निर्णायक खेल खेल्दैछ । नेपाली समय अनुसार साँझ ६:३० बजे बंगलादेशको ढाकास्थित किङ्स एरेनामा नेपाल र आयोजक टिम बंगलादेशबीच उपाधि भिडन्त हुँदैछ।
नेपाललाई उपाधि जित्न आजको खेलमा जित अनिवार्य छ, भने अपराजित यात्रा तय गरिरहेको बंगलादेशलाई बराबरी भए पनि उपाधिका लागि पर्याप्त हुनेछ ।
नेपालले लिग चरणमा शानदार प्रदर्शन गर्दै भुटानविरुद्ध ६–१ र ८–० तथा श्रीलंकाविरुद्ध दुई खेलमै ७–० को फराकिलो जित दर्ता गरेको थियो। तर, बंगलादेशविरुद्ध भने नेपाल ३–२ गोल अन्तरले पराजित भएको थियो ।
पाँचमध्ये चार खेलमा जित निकाल्ने नेपाल गोलअन्तरमा ६ गोलले बंगलादेशभन्दा अघि छ, तर अघिल्लो पराजयका कारण अंक तालिकामा पछि परेको छ । पाँचै खेल जित्दै बंगलादेश शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहेको छ ।
अबको खेलमा जित निकाल्न सके नेपालले गोलअन्तरको बलमा उपाधि चुम्नेछ, अन्यथा उपाधि बंगलादेशकै पोल्टामा जानेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #hot, #साफ यू-२० महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल आज बंगलादेशसँग भिड्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्