सेभेन हर्स कन्सलटेन्सी क्लबले जित्यो प्रथम मातातिर्थ इन्डोर क्रिकेट प्रतियोगिता
कपिल अधिकारी
चन्द्रागिरि — १६ टोलीको सहभागिता रहेको प्रथम मातातिर्थ इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि सेभेन हर्स कन्सलटेन्सी क्लबले जितेको छ।
शनिबार चन्द्रागिरि नगरपालिका–०७ स्थित महांकालस्थानको गणेशमान सिंह स्मृति फुटसलमा सम्पन्न फाइनल खेलमा सेभेन हर्सले मिक्समाण्डु क्लबलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।
फाइनल खेलमा मिक्समाण्डुले दिएको ३४ रनको लक्ष्य सेभेन हर्सले २ विकेटको क्षतिमा सजिलै पूरा गर्दै उपाधि उचालेको हो।
प्रतियोगिता जितेसँगै सेभेन हर्स कन्सलटेन्सी क्लबले नगद ७० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता मिक्समाण्डुले ३० हजार रुपैयाँमा चित्त बुझायो।
असार ४ गतेदेखि सुरु भएको १० ओभरको यस प्रतियोगितामा सेभेन हर्सका दिनेश विष्ट (डेभिड) उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने सोही टोलीका निरज भट्ट उत्कृष्ट बलर चुनिए।
मातातिर्थ क्रिकेट क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताका विजेता तथा उपविजेतालाई चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, वडा नं. ७ का कार्यवाहक वडाध्यक्ष भुवन कुमार केसी, वडा नं. ८ का सदस्य विजय श्रेष्ठ, चन्द्रागिरि क्रिकेट एसोसियसनका अध्यक्ष प्रजिवन प्रधान, र क्लबका सल्लाहकार सरोज थापा लगायतले पुरस्कार वितरण गरेका थिए।
क्याटेगोरी : खेलकुद
ट्याग : #सेभेन हर्स कन्सलटेन्सी क्लबले जित्यो प्रथम मातातिर्थ इन्डोर क्रिकेट प्रतियोगिता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्