Techie IT
शनिबार, असोज १७,२०८३

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं, ७ जेठ । राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराइनेछ ।

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछिन् भने राष्ट्रिय सभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८०’ का सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् । साथै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यस्तो छ कार्यसूची, #राष्ट्रिय सभा बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्