नेपाललाई उपाधि जित्न विशाल लक्ष्य

काठमाडौं – आइसीसी महिला टि२० विश्वकपको एसिया क्षेत्र छनोटको उपाधि जित्न नेपाललाई थाइल्याण्डले १ सय ५९ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएपनि थाइल्याण्डलाई रोक्न सकेन । ओपनर नाताया बुचाथाम र नानापात कोन्चरोएन्काइले अर्धशतक प्रहार गरेपछि थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५८ रन जोडेको हो । नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १-१ विकेट लिए ।
नाताया र अफिसर सुवान्चोनराठीले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अफिसरले ४३ बलमा २९ रन जोडिन् । त्यसपछि नानापात र नातायाले स्कोर अघि बढाए । नाताया ४२ बलमा ५ चौकासहित ५० रन जोड्दै मनिषाको बलमा क्याच आउट भइन् ।
नानापातले २८ बलमा ८ चौकासहित नटआउट ५० रन जोडिन् । नाथाकन चनतमले ९ बलमा २ चौकासहित १४ रनको योगदान दिइन् । नेपालले आज जित हासिल गरे एसिया छनोटको उपाधि पनि जित्नेछ ।
तीन समूहका शीर्ष टोली सुपर थ्रीमा पुगेका थिए। नेपाल र थाइल्याण्ड दुवै युएईलाई हराएर ग्लोबल छनोटमा पुगेका हुन् । नेपालले सोमबार युएईलाई ५ विकेटले हराएर ऐतिहासिक सफलता प्राप्त गरेको थियो । थाइल्याण्डको ८ अंक, नेपालको ७ अंक र यूएईको ६ अंक रहेको छ ।
ग्लोबल छनोटमा पुग्ने पहिलो लक्ष्य पूरा गरेको नेपाल सामू आज एसिया च्याम्पियन बन्ने अवसर छ । टोली उच्च मनोबलका साथ मैदानमा उत्रिने कप्तान इन्दु वर्माले बताएकी छिन् ।
नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराएको थियो । हङकङसँग पराजित भएको थियो । हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितका आधारमा समूहको शीर्ष टोली बन्दै सुपर थ्रीमा पुगेको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #नेपाललाई उपाधि जित्न विशाल लक्ष्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्