गुजरातविरुद्धको थ्रिलर खेलमा मुम्बईका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख जरिवाना
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख भारतीय रुपैयाँको जरिवाना तोकिएको छ ।
उनलाई गुजरात टाइटन्सविरुद्ध ‘स्लो ओभर’ का कारण जरिवाना तोकिएको हो । यसका साथै मुम्बईका प्लेइङ-११ र इम्प्याक्ट भएका खेलाडीहरुलाई पनि म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ ।
गुजरातका मुख्य प्रशिक्षक आशिष नेहरलाई पनि म्याच शुलकको २५ प्रतिशत जरिवार गरिएको छ । साथै आईपीएल आचारसंहिता उल्लंघन गरेको भन्दै एक डिमेरिट अंक पनि दिइएको छ । जसको कारण भने खुलाइएको छैन ।
वर्षाका कारण प्रभावित भएको उक्त खेलमा गुजरातले मुम्बईविरुद्ध अन्तिम बलमा जित निकालेको थियो । अन्तिम ओभरमा १५ रन जोड्दै गुजरातले जित निकालेको हो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #गुजरातविरुद्धको थ्रिलर खेलमा मुम्बईका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख जरिवाना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्