Techie IT
आईतबार, असार १४,२०८३

स्थानीय खेल प्रवर्द्धनमा विष्णु खड्काको योगदान


– जीवनराज : बर्दिवास, बैशाख ३ ।
बर्दिवास–६ का १७ जना उत्साही खेलाडीहरूको अनुहारमा पुनः मुस्कान फिँजिएको छ – कारण, जनशक्ति युवा क्लबलाई उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले फेरि एकपटक नयाँ फुटबल जर्सी सहयोग गरेका छन् ।

“सधैंजस्तै यसपटक पनि साथ दिन पाउँदा खुशी लागेको छ,” अध्यक्ष खड्काको शब्द थिए, “तर अब खेलमैदान निर्माणमा स्थानीय सरकार गम्भीर हुनुपर्छ ।” उनका शब्दमा केवल जर्सीको कुरा थिएन, थियो एक सपना प्रत्येक वडामा खेलमैदानको ।

खेलले युवालाई कुलत र मोबाइलको लतबाट जोगाउने विश्वास राख्ने खड्काले राष्ट्रको इज्जत खेलमै हो भन्दछन् । क्लबका कप्तान विवेक पोखरेलले भने, “नयाँ जर्सीले हामी सबैमा नयाँ जोश भरिदिएको छ ।” मेनेजर शिवराज खपाङ्गीको थप थियो, “उहाँको साथले हाम्रो आत्मबल दोब्बर भएको छ ।”

नयाँ वर्षको शुभकामनासँगै अध्यक्ष खड्‌काको यो योगदान केवल ड्रेसमा सीमित थिएन, यो थियो प्रेरणा, समर्थन र उज्यालो भविष्यप्रतिको आस्था ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्