टोखा धापासी पंचनारायण देखि भगवती मन्दिरसमम कालोपत्रे सम्पन्न
टोखा नगरपालिका वडा नं ४ , ५ र ६ धापासीमा मुख्य सडकको कालोपत्रे कार्य सम्पन्न भएको छ। नगरप्रमुख प्रकाश अधिकारी सहित वडा अध्यक्ष नरोतम राणाको नेतृत्वमा सम्पन्न यो सडक पन्चनारायण दोबाटोदेखि भगवती मन्दिरसम्म फैलिएको करिब १ किलोमिटर सडकको पिच भएको हो ।
वडा अध्यक्ष राणाका अनुसार, यो सडक कालोपत्रेले कार्य स्थानीय बासिन्दाको दीर्घकालीन आवश्यकताको पूर्ति तथा समुदायको सुदृढीकरणको एउटा महत्त्वपूर्ण चरण हो। उनले यसलाई विकासको महत्वपूर्ण पाइला मान्दै, यसले सामाजिक र आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
सडकको निरीक्षणका क्रममा नगर प्रमुख प्रकाश अधिकारी, वडा नं ५ का वडा अध्यक्ष मदन गुरुड, अन्य जनप्रतिनिधि तथा स्थानीय कर्मचारीहरू सहभागी भएका थिए। समाजसेवी सविन श्रेष्ठका अनुसार, निरीक्षण टोलीले कार्यको गुणस्तरको अनुगमन गरेको थियो ।

धापासी क्षेत्रको यातायात सुगम हुनुका साथै स्थानीयवासीको दैनिक आवागमन सहज हुने, व्यापारिक गतिविधिमा वृद्धि हुने तथा समग्र विकासलाई टेवा पुग्ने विश्वास गरिएको छ। स्थानीय बासिन्दाहरूले यसलाई आफ्नो क्षेत्रको विकासमा कोसेढुङ्गा मान्दै प्रशंसा गरेका छन्।
विकासको मेरुदण्डका रूपमा सडकलाई प्राथमिकता दिइँदै आएकोले, स्थानीय सरकार र जनप्रतिनिधिहरूको समन्वयमा अन्य क्षेत्रहरूमा पनि आवश्यकता अनुसार सडक स्तरउन्नती गर्ने योजना रहेको जनाइएको छ।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा ७ धापासी पंचनारायण देखि भगवती मन्दिरसमम कालोपत्रे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्