कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश
काठमाडौं । कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा कीर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै म्यानमारले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा ४ गोल गरेको म्यानमारले दोस्रो हाफमा थप एक गोल गर्यो ।
म्यानमारले पहिलो, ३०औं, ३५औं र ४०औं मिनेटमा गोल गर्यो । दोस्रो हाफमा खेलको ४९औं मिनेटमा म्यानमारले पाँचौं गोल गर्यो । लगातार दोस्रो हार बेहोरेको कीर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो खेलमा कीर्गिस्तान नेपालसँग १-० ले पराजित भएको थियो । आजको दोस्रो खेल नेपाल र लेबनानबीच हुनेछ । उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ । यो खेलमा जित निकालेको खण्डमा नेपालले फाइनलमा यात्रा तय गर्नेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्