भुक्तानी नपाउदा दुध सङ्कलन प्रभावित
दमक, माघ १५ गते । झापामा दुग्ध सङ्कलक सहकारी संस्थाहरुले दुधको भुक्तानी नपाएका कारण समस्या भएको बताएका छन् । जिल्लाको कमल गाउँपालिका र गौरादह नगरपालिकाका किसानको दुधको करिब तीन करोड भुक्तानी हुन नसकेको बताइएको छ ।
महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका प्रमुख प्रबन्धक चिरञ्जीवि भण्डारीका अनुसार दुधको रकम नपाएका कारण आफुहरुले किसानलाई ८७ लाखभन्दा बढि भुक्तानी दिन बाँकी रहेको छ । दुध सङ्कलन गर्ने की नगर्ने भनेर अन्योल भएको भण्डारीको भनाइ छ ।
एक वर्ष अघिदेखिको भुक्तानी आफुहरुले पाउन बाँकी रहेको दुग्ध सङ्कलक किसानहरुले बताउँदै आएका छन् । सहकारी संस्थाहरुले पैसा नपाएपछि दुध ल्याएका किसानहरुले पनि भुक्तानी पाउन सकेका छैनन् । पोखराको सुजल डेरीले यहाँका दुग्ध सङ्कलन सहकारीहरुलाई भुक्तानी दिनु पर्ने हो ।
गौरादहको वैगुन्धुरा साना किसान सहकारीले पनि सङ्कलन गरेर बिक्री गरेको दुधको एक करोड रुपियाँ हाराहारीमा नगद सुजल डेरीबाट पाउन बाँकी छ । लामो समयदेखि दुधको भुक्तानी नपाउँदा किसानको दुध नै रोक्नु पर्ने अवस्था आएको छ । दुध बिक्री नुहँदा किसानहरु मारमा परेका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #भुक्तानी नपाउदा दुध सङ्कलन प्रभावित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्