भुक्तानी नपाउदा दुध सङ्कलन प्रभावित

दमक, माघ १५ गते । झापामा दुग्ध सङ्कलक सहकारी संस्थाहरुले दुधको भुक्तानी नपाएका कारण समस्या भएको बताएका छन् । जिल्लाको कमल गाउँपालिका र गौरादह नगरपालिकाका किसानको दुधको करिब तीन करोड भुक्तानी हुन नसकेको बताइएको छ ।
महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका प्रमुख प्रबन्धक चिरञ्जीवि भण्डारीका अनुसार दुधको रकम नपाएका कारण आफुहरुले किसानलाई ८७ लाखभन्दा बढि भुक्तानी दिन बाँकी रहेको छ । दुध सङ्कलन गर्ने की नगर्ने भनेर अन्योल भएको भण्डारीको भनाइ छ ।
एक वर्ष अघिदेखिको भुक्तानी आफुहरुले पाउन बाँकी रहेको दुग्ध सङ्कलक किसानहरुले बताउँदै आएका छन् । सहकारी संस्थाहरुले पैसा नपाएपछि दुध ल्याएका किसानहरुले पनि भुक्तानी पाउन सकेका छैनन् । पोखराको सुजल डेरीले यहाँका दुग्ध सङ्कलन सहकारीहरुलाई भुक्तानी दिनु पर्ने हो ।
गौरादहको वैगुन्धुरा साना किसान सहकारीले पनि सङ्कलन गरेर बिक्री गरेको दुधको एक करोड रुपियाँ हाराहारीमा नगद सुजल डेरीबाट पाउन बाँकी छ । लामो समयदेखि दुधको भुक्तानी नपाउँदा किसानको दुध नै रोक्नु पर्ने अवस्था आएको छ । दुध बिक्री नुहँदा किसानहरु मारमा परेका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #भुक्तानी नपाउदा दुध सङ्कलन प्रभावित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्