एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित
एशियाली फुटबल सङ्घ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो ।
यसअघि मे र जुन महिनाका लागि विभन्न प्रतियोगिता सञ्चालन गर्न एएफसीले तालिका सार्वजनिक गरेको थियो । विभिन्न देशले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको भन्दै प्रतियोगिता स्थगनको निर्णय लिनुपरेको एएफसीले जनाएको छ ।
सन् २०२० मा हुने भनिएको एएफसी च्याम्पियन लिग र एएफसी कप ग्रुप स्टेज प्रतियोगिता पूरा गर्नेबारे सहभागी देश तथा सङ्घसित समन्वय गरी विकल्प खोज्ने एएफसीले जनाएको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #एशियाली फुटबल सङ्घ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्