जय ट्रफी : मधेशमाथि पुलिसको सानदार जित
‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध सानदार जित निकालेको छ ।
वीरगन्जस्थित नरायाणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले मधेशमाथि एक इनिङ्स र ३५ रनको जित निकालेको हो । दोस्रो इनिङमा मधेश ३२।२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमै समेटिएपछि पुलिसले फेरि ब्याटिङ गर्नुपरेन ।
मधेशका लागि विशाल पटेलले २७, मायन यादवले २२ र हिमान्शु दत्तले १७ रन बनाउनुभयो । मधेशका अन्य ब्याट्सम्यान निरीह बनेका थिए । बलिङमा पुलिसका कुशल भुर्तेलले पाँच विकेट लिनुभयो ।
गुलशन झाले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिनुभयो । अलराउन्डर प्रदर्शन गर्नुभएका पुलिसका कुशल भुर्तेल प्लेयर अफ दि म्याच हुनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा पनि एक सय २९ रनमा समेटिएको थियो । २५८र४ को स्थितिमा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको पुलिसले अघिल्लो दिन एक सय २९ रनको अग्रता लिएको थियो ।
यसअघि पुलिसले विभागीय अर्को टोली आर्मी र मधेशले बागमती प्रदेशसँग बराबरी खेलेको थियो । अब लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेश र मधेशले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #जय ट्रफी : मधेशमाथि पुलिसको सानदार जित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्