कपालमा चाया किन आउँछ ? के हो समाधान?
चाया ले नसताइएका मानिस धेरै कम होलान् । अझ जाडो महिनामा झन धेरै चाया पर्ने गर्छ। चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो र सजिलै छुटकारा नपाइने चर्म रोग हो । चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ । चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन । तर, चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछ । जसले जे सल्लाह दियो त्यही मानेर थरिथरीका सेम्फू र घरेलु उपचार गरिरहेकै हुन्छ । तर, चाया पनि एक किसिमको रोग भएकाले चिकित्सकको सल्लाह लिएर उपचार गर्नु फाइदाजनक हुन सक्छ ।
प्रायः कपाल नकोर्ने, टाउको ननुहाउने, फुस्रो छाला भएका, चिसो मौसममा कोठा न्यानो पारेर बस्ने, बढी नुनिलो, गुलियो र मसालेदार खाना खाने तथा रक्सी सेवन गर्ने हरुमा चाया पर्ने सम्भावना बढी हुन्छ । जाडो मौसममा टाउकोबाट टोपी नझिक्ने, कम नुहाउनेहरुलाई चायाले उस्तै खेदो खन्छ । यस्तै, हृदयघात र मस्तिष्कघातबाट तंग्रिन लागेका बिरामी, जिंक तथा भिटामिनको कमी भएका, मानसिक तनाव भएका मानिसलाई पनि चायाले सताउँछ ।
कपालभरि सेता पाप्रा देखिनु, टाउको चिलाउनु, टाउको कन्याउँदा लुगाभरि सेतो फुस्रो पाप्रा झर्नु आदि यसका लक्षण हुन्। कपालभरि चाया हुँदा मान्छे फोहोरीसमेत देखिन्छ ।
कपालबाट चाया हटाउने उपाय के हो?
टाउकोमा चाया पर्न नदिन टाउकोको नियमित सफाई ध्यान दिनु पर्दछ । साथै सन्तुलित भोजन र फलफुलको सेवन गर्नु पर्दछ । यसले पनि टाउकोमा चाया पर्नबाट जोगाउछ । पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खाना खाने गरेमा समेत चायाको समस्या घटेर जान्छ । नियमित रुपमा कपाल नुहाउने, जेल वा हेयर क्रिमको सट्टा राम्रो तेलको प्रयोग गर्दा कपालको चायाको समास्या कम हुँदै जान्छ ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #कपालमा चाया किन आउँछ ? के हो समाधान?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्