जाडोमा छालामा देखिने समस्याबाट कसरी जोगिन सकिन्छ?
गर्मीको तुलनामा जाडो मौसममा छालामा बढी समस्या देखिने गर्छ। चिसो मौसमको प्रभाव छालामा पर्ने भएकोले जाडोमा छालामा सुख्खापनको समस्या बढी देखिन्छ।
जाडोमा छालामा देखिने समस्याहरु केके हुन्?
छाला फुस्रो हुनु, एग्जेमा, सोरायासिस, छाला फुट्नु, कोल्ड अर्टिकेरिया जाडोमा छालामा देखिने मुख्य समस्या हुन्। त्यस्तै गोडा तथा हातका औंलाहरु सुन्निने तथा निलो हुने, ओठ फुट्ने लगायतका छाला सम्बन्धी समस्या जाडो महिनामा प्रमुख रुपमा देखिने गर्छन्।
जाडोमा छालाको एलर्जी किन बढ्छ ?
एलर्जीको कुरा गर्नुपर्दा डाबर एलर्जीको कुरा गर्नुपर्ने हुन्छ। जाडोमा ‘क्लोड एक्टिेडिया’वा चिसोको कारणले छालामा डाबरहरु आउने तथा घाममा हराउँदै जाने हुन्छ।
जुनसुकै उमेरका मानिसहरुलाई पनि यस प्रकारको एलर्जीको समस्या हुनसक्छ। कतिपय अवस्था हाम्रै वातावरणमा रहेका बोट बिरुवा, ढुसी लगायतका तत्वहरुले पनि एलर्जी हुने गर्छ।
जाडोमा छालाको हेरचाहका लागि गर्नुपर्ने कामहरु के के हुन्?
- मुख धुँदा वा नुहाउँदा सकेसम्म मनतातो पानीको प्रयोग गर्ने।
- हाइड्रेसनको लागि मोस्चराइजर तथा तेलको प्रयोग गर्ने।
- घरमा हिटर बाल्दा ह्युमिनी फायरको प्रयोग गर्ने।
- पानी तथा तरल पदार्थ पर्याप्त सेवन गर्ने।
- शरीरका ढाक्ने कपडाको प्रयोग गर्ने।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #जाडोमा छालामा देखिने समस्याबाट कसरी जोगिन सकिन्छ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्