Techie IT
आईतबार, वैशाख २१,२०८२

तनाव के हो र यसको समाधान के के हुन्?


तनाव एक प्रकारको शारीरिक प्रतिक्रिया हो। जुन भावनात्मक, शारीरिक, रासायनिक कारणले हुन्छ। आजभोलिको व्यस्त जीवनमा मानिसहरु अव्यवस्थित जीवनशैली अपनाउँदा तनाव बढ्न थालेको छ।  तनाव हुँदा मानिसमा क्रोध वा रिस उठ्ने, बेचैनी, चिडचिडापन, एक्लोपन जस्ता भावनात्मक लक्षणहरू देखिन सक्छन्। यो समस्यालाई समयमै समाधान गर्न सकिएन भने व्यक्ति डिप्रेसन, मानसिक रोग, अस्वस्थ यौन जीवनलगायत अन्य स्वास्थ्य समस्याको सिकार हुन सक्छ। तनावले उच्च रक्तचाप तथा हृदयाघात जस्ता समस्याको खतरा बढ्छ । त्यसैले तनावलाई बढ्न दिनुहुँदैन ।

तनाव कम गर्ने उपायहरुः 

  1. खानपान बदल्नुहोस् जस्तै ः मद्यपान, धुम्रपानको अत्याधिक उपभोगबाट बच्नुहोस्।
  2. तरकारी, फलफूल प्रशस्त खाने। आहारमा ट्रान्स फ्याट, चिनीयुक्त खानेकुरा समावेश नगर्नुहोस्।
  3. विभिन्न घरायासी काम अर्थात् घरेलु सामान बनाउने काममा व्यस्त रहँदा पनि निकै कुराको तनाव कम हुन्छ ।
  4. आफुलाई सधैं व्यस्त राख्नुहोस्।
  5. आफ्नो मनपर्ने काम गर्ने प्रयास गर्नुहोस्। गीतहरू सुन्नुहोस्, किताबहरू पढ्नुहोस्, साथीहरूसँग घुम्न जानुहोस्।
  6. सन्तुलित भोजन, नियमित व्यायाम, स्वस्थ सामाजिक जिवन, सहकार्य, ध्यान तथा योगा गर्ने तथा बढि महत्वाकांक्षा नराख्ने जस्ता कुराहरुले पनि तनाव घटाउन सहयोग पूराउँछन् ।

क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #तनाव के हो र यसको समाधान के के हुन्?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545