कृषि तथा लघु उद्यम प्रदर्शनी मेला हुने

रामेछापको मन्थली नगरपालिका नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएको छ । जिल्ला सदरमुकाम समेत रहेको नगरपालिकाले शिक्षित स्वस्थ, व्यावसायिक सहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ दुईदिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएको हो ।
यही पुस १६ र १७ गते जिल्ला समन्वय समितिको परिसरमा हुने प्रदर्शनी मेलामा मन्थली नगरपालिकाभित्र उत्पादन तथा प्रशोधन भएका बाली वस्तुहरूको प्रदर्शनी गरिने नगर प्रमुख लव श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नगरभित्र उत्पादन भएका कृषि उपज तथा लघु उद्यमसँग सम्बन्धित उत्पादनको बजार व्यवस्थापनमा सहयोग पुगोस् भनेर मेला आयोजना हुँदै छ । मेलामा बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य चिया कफी मसला बाली नर्सरी फूल कन्दमूललगायतका उपजहरू राखिनेछ ।
पशुपन्छीतर्फ खसी, बोका, अन्डा र दूधजन्य उत्पादनहरू प्रदर्शनी गर्ने तयारी भएको छ । लघु उद्यमतर्फ ढाका, साबुन, सर्फ,बाँसबाट बनाइएका सामाग्रीहरू होसियारी, दुना टपरी, जुस आदिको प्रदर्शनीमा राखिने पनि नगरप्रमुख श्रेष्ठले बताउनुभयो । मेलामा कृषि तथा उद्यमसँग सम्बन्धित परामर्श सेवा पनि प्रदान गर्ने नगरपालिका तयारी गरेको उहाँले बताउनुभयो ।
नगरपालिकाले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएपछि नगरपालिकाभित्र रहेका १४ वटै वडाका कृषक तथा लघु उद्यमीहरू उत्साहित भएका छन् । सबै वडा किसान तथा उद्यमीहरू आफूले उत्पादन गरेका उपज तथा वस्तुहरू मेलामा राख्न आवश्यक तयारीमा लागेका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #breaking, #कृषि तथा लघु उद्यम प्रदर्शनी मेला हुने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्