कृषि तथा लघु उद्यम प्रदर्शनी मेला हुने
रामेछापको मन्थली नगरपालिका नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएको छ । जिल्ला सदरमुकाम समेत रहेको नगरपालिकाले शिक्षित स्वस्थ, व्यावसायिक सहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ दुईदिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएको हो ।
यही पुस १६ र १७ गते जिल्ला समन्वय समितिको परिसरमा हुने प्रदर्शनी मेलामा मन्थली नगरपालिकाभित्र उत्पादन तथा प्रशोधन भएका बाली वस्तुहरूको प्रदर्शनी गरिने नगर प्रमुख लव श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नगरभित्र उत्पादन भएका कृषि उपज तथा लघु उद्यमसँग सम्बन्धित उत्पादनको बजार व्यवस्थापनमा सहयोग पुगोस् भनेर मेला आयोजना हुँदै छ । मेलामा बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य चिया कफी मसला बाली नर्सरी फूल कन्दमूललगायतका उपजहरू राखिनेछ ।
पशुपन्छीतर्फ खसी, बोका, अन्डा र दूधजन्य उत्पादनहरू प्रदर्शनी गर्ने तयारी भएको छ । लघु उद्यमतर्फ ढाका, साबुन, सर्फ,बाँसबाट बनाइएका सामाग्रीहरू होसियारी, दुना टपरी, जुस आदिको प्रदर्शनीमा राखिने पनि नगरप्रमुख श्रेष्ठले बताउनुभयो । मेलामा कृषि तथा उद्यमसँग सम्बन्धित परामर्श सेवा पनि प्रदान गर्ने नगरपालिका तयारी गरेको उहाँले बताउनुभयो ।
नगरपालिकाले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएपछि नगरपालिकाभित्र रहेका १४ वटै वडाका कृषक तथा लघु उद्यमीहरू उत्साहित भएका छन् । सबै वडा किसान तथा उद्यमीहरू आफूले उत्पादन गरेका उपज तथा वस्तुहरू मेलामा राख्न आवश्यक तयारीमा लागेका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #breaking, #कृषि तथा लघु उद्यम प्रदर्शनी मेला हुने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्