टोलमै पुगेर नागरिकको अपेक्षा सुन्दै गौरादह नगरपालिका
टोल सम्म पुगेर नागरिकका सुझाव र प्रतिकृया संकलन गरिने छ । अघिल्लो आर्थिक वर्ष पनि नगरपालिकाले हरेक टोलसम्मै पुगेर नागरिकका अपेक्षा सुनेको थियो ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जनताको घर सम्म पुगेर सेवा प्रवाह, विकास निर्माणका बिषयमा अन्तकृया गरिने बताए । उनका अनुसार १६ दिन सम्म नागरिकका गुनासा अपेक्षा सुनिने छ ।
नगरपालिकाका प्रमुख, उपप्रमुख, शाखाका प्रमुख सहित सम्बन्धित वडाअध्यक्ष प्रत्येक वडामा बढीमा ३ दिन सम्म नागरिकका सुझावहरु लिने छन् । अघिल्लो वर्ष जनप्रतिनिधीहरु त्यसरी सुझाव संकलन गरेर फर्केपछि हिउँदे सभा मार्फत जनप्रतिनिधीको सुविधा घटाएका थिए ।
नगर प्रमुख सुवेदीले भने,– नगरपालिकाबाट भएका गतिविधि, सेवा प्रवाह, सुशासन कायम जस्ता बिषयमा नागरिकको सुझाव लिएर थप जनउत्तरदायी बनाउने विश्वास लिएका छौं ।’
उनका अनुसार सबै शाखाका प्रमुख, समितिका संयोजक र वडाका जनप्रतिनिधिहरु कार्यक्रममा नागरिकको प्रश्नको जवाफ दिने छन् । ‘ती कार्यक्रम सवालजवाफ हुने छ । हामीले बर्खे सभामा ल्याएका योजनाहरु कार्यान्वयनको अवस्था सुनाउने छौं,’ नगरप्रमुख सुवेदीले भने,– नागरिकको सुझाव पछी हिउँदे सभामा संशोधन गरिने छ ।’
उनका अनुसार अघिल्ला वर्ष पनि सुझावलाई मध्यनजर गर्दै केही योजनाहरु थप र केही संशोधन गरिएको थियो । सुवेदीले थपे,– हामी निर्वाचित भएपछी निरन्तर आउछौं, प्रत्येक वर्ष सम्वाद गरेर योजना तय गछौँ, यसले गर्दा जनप्रतिनिधि र नागरिकको सम्बन्ध थप सुदृढ पनि बनेको छ ।
गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीका अनुसार योजानाको छनौट र आवश्यकताको समेत पहिचान कार्यक्रमबाट हुने गरेको छ । ‘अघिल्लो वर्ष हामीले त्यहीँ सुझावका आधारमा योजना छनौट गरियो, कार्यान्वयन पनि सन्तोषजनक छ’, उनले सुनाए, ‘यस वर्षपनि टोल सम्मै पुगेर योजनाहरु लिन्छौं, पहिचान गरेर कार्यक्रम कार्यान्वयन गछौं ।’
पुस १२ गतेदेखि २९ गते सम्म प्रत्येक वडामा जनतासँग जनप्रतिनिधि कार्यक्रम हुने छ । पुस १२ गते गौरादह २ बाट कार्यक्रम शुरु भएर पुस २९ गते गौरादह १ मा समापन हुने छ । कार्यक्रम सँगसँगै बिशेषज्ञ चिकित्सकहरुले समेत स्वास्थ्य जाँच गर्ने छन् ।
नगर प्रमुख सुवेदीका अनुसार ७० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण र पाँच वर्ष मुनिका बालबालिकाको पोषण जाँच पनि गरिने छ । दन्त, आँखा र सामान्य चिकित्सा सँग सम्बन्धीत चिकित्सकहरुले स्वास्थ्य जाँच गर्ने छन् । गौरादहका ९ वटै वडामा स्वास्थ्यकर्मी सहितको टोलीले निशुल्क औषधी समेत वितरण गर्ने छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोलमै पुगेर नागरिकको अपेक्षा सुन्दै गौरादह नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्