यापी भैरव बन्यो च्यापियन, सुमन चुनिए उत्कृष्ट खेलाडी

प्रदिप ढकाल ,भक्तपुर
मंसिर २९, शनिवार ।
प्रथम चाँगुनारायण नगरपालिका कप फुटसल प्रतियोगिता २०८१ को उपाधि यापी भैरव क्लबले जितेको छ। चाँगुनारायण नगरपालिका–२ फौढोका स्थित फौढोका फुटसलमा भएको फाइनल भिडन्तमा यापी भैरव क्लबले माउण्ट एभेरेस्ट क्लबलाई ४–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो।
विजेता बनेको यापी भैरव क्लबले शिल्ड, मेडल सहित १ लाख रुपैयाँ नगद पुरस्कार हात पार्यो भने माउण्ट एभेरेस्ट क्लबले ५० हजार रुपैयाँमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस जिल्ला सभापति माननीय दुर्लभ थापाले पुरस्कृत गरे। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी यापी भैरव क्लबका सुमन दाहाल चुनिए भने सर्वोत्कृष्ट गोलरक्षक पनि यापी भैरव क्लबबाटै पुजन थुयाँ घोषित भए। उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिका प्रदेश संसद सुरेश श्रेष्ठ, नगरप्रमुख जीवन खत्री, पूर्व प्रदेश मन्त्री कृष्णलाल भड़ेल, नेपाली कांग्रेस चाँगु नगर सभापति शिवहरि केसी लगायतको उपस्थिति रहेको थियो। झौखेल युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाएका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्