यापी भैरव बन्यो च्यापियन, सुमन चुनिए उत्कृष्ट खेलाडी
प्रदिप ढकाल ,भक्तपुर
मंसिर २९, शनिवार ।
प्रथम चाँगुनारायण नगरपालिका कप फुटसल प्रतियोगिता २०८१ को उपाधि यापी भैरव क्लबले जितेको छ। चाँगुनारायण नगरपालिका–२ फौढोका स्थित फौढोका फुटसलमा भएको फाइनल भिडन्तमा यापी भैरव क्लबले माउण्ट एभेरेस्ट क्लबलाई ४–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो।
विजेता बनेको यापी भैरव क्लबले शिल्ड, मेडल सहित १ लाख रुपैयाँ नगद पुरस्कार हात पार्यो भने माउण्ट एभेरेस्ट क्लबले ५० हजार रुपैयाँमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस जिल्ला सभापति माननीय दुर्लभ थापाले पुरस्कृत गरे। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी यापी भैरव क्लबका सुमन दाहाल चुनिए भने सर्वोत्कृष्ट गोलरक्षक पनि यापी भैरव क्लबबाटै पुजन थुयाँ घोषित भए। उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिका प्रदेश संसद सुरेश श्रेष्ठ, नगरप्रमुख जीवन खत्री, पूर्व प्रदेश मन्त्री कृष्णलाल भड़ेल, नेपाली कांग्रेस चाँगु नगर सभापति शिवहरि केसी लगायतको उपस्थिति रहेको थियो। झौखेल युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाएका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्