विकास निर्माणले गति किन लिएन ? समीक्षा गरौँ : मन्त्री पुन
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विकास हुन नसकेको कारण खोज्न आवश्यक रहेको बताउनुभएको छ । जलस्रोत तथा सिँचाइ विभागद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित १२ औँ जलस्रोत तथा सिँचाइ सम्मेलन २०२० को उद्घाटन गर्नुहुँदै उहाँले लक्ष्य अनुसारका काम सम्पादन हुन नसक्नुका कमजोरी कसको कहाँनिर रह्यो भन्ने कुरा खोज्न आवश्यक रहेको बताउनुभएको हो ।
“हिजो सरकार परिर्वतन भइरहँदा विकास निर्माणमा ढिलाइ भएको भन्ने गरेको भए पनि अहिले स्थिर सरकार हुँदा विकास निर्माणले गति लिन नसकेपछि कसको कहाँ कमजोरी भयो, यो खोज्न आवश्यक छ ।” मन्त्री पुनले भन्नुभयो, “अब समस्या कहाँ छ ?, मन्त्री, कर्मचारी वा निर्देशक ?” चौमासिक रुपमा सात प्रतिशत र सात महिनामा जम्मा २४ प्रतिशत बजेट खर्च भएको बताउनुहुँदै उहाँले भन्नुभयोे, “तपाईहरू बोल्नलाई हिचकिचाउनु पर्दैन, काम गर्नलाई मन्त्री र निर्देशकलाई पर्खनु पर्दैन, समस्या कहाँनिर हो समाधानको लागि सामूहिकरुपमा छलफल गरौँ ।” विभागका निर्देशक मधुकरप्रसाद राजभण्डारीले विभागका गतिविधि माथि जानकारी दिनुभएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #वर्षमान पुन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्