डाक्टरेट गर्न सफल रोम्वसकी पूर्व विद्यार्थी सम्मानित
प्रदिप ढकाल ,भक्तपुर
मंसिर ०९, आइतबार ।
रोम्वस स्कुल कमलविनायक भक्तपुरबाट एसइई दिने दोश्रो व्याचका एक विद्यार्थी फार्मेसी डाक्टर हुन सफल भएका छन् । स्कुलकी पूर्व विधार्थी कोजू डाक्टर हुन सफल भएकी हुन्। आइतबार स्कुलको प्रांगणमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा स्कुलका प्रिन्सिपल डा राजेन्द्र कोजू लगायतले उनलाई सम्मान गरेका थिए । डा.मेरिट कोजू २०७२ सालको एसइइ व्याच रहेको जनाइएको छ । उनले राजीव गान्धी युनिभसिटी अन्तर्गतको वैंगलोरस्थित कर्णताका कल अफ हे्थ साइन्सबाट डाक्टरेट गर्न सफल भएको कार्यक्रममा बताइएको थियो।
विद्यालयका प्रिन्सिपल डा राजेन्द्र कोजुले मेरिटको सफलता रोम्वसको पनि सफलता रहेको र डा मेरिट कोजु सबै विद्यार्थीहरुको लागि उदाहरण र रोल मोडेल भएको चर्चा गरे ।सम्मानित भएकी डा मेरिटले आफू यसरी सम्मानित हुन पाएकोमा निकै खुसी भएको र आफ्ना शिक्षकहरुका साथ संगै बसेर खुसी साट्ने अबसर पाएकोमा खुसी व्यक्त गरिन्। उक्त सम्मान कार्यक्रममा विद्यालयका निर्देशक सरिता कोजू , सहायक प्रिन्सिपल युनिक कोजू , मा वि इन्चार्ज जनक कार्की लगाएत थुप्रै विद्यार्थीहरुको पनि उपस्थिती रहेको थियो।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्