प्राकृतिक प्रकोप तथा विपदबारे तालिम सम्पन्न
प्रदीप ढकाल ,भक्तपुर
असोज २१, सोमबार ।
विपदबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा २ चरणका ४ दिने तालिम भक्तपुरमा आईतबार सम्पन्न भएको छ ।
प्राकृतिक प्रकोप तथा विपद पश्चात् जोखिममा परेकाहरुलाई कसरी उद्दार गर्न सकिन्छ र बिपद जोखिम कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिनको लागि चाँगुनारायण नगरपालिका विपद व्यवस्थापन उपशाखाले तालिमको आयोजना गरेको थियो ।
चाँगुनारायण नगरपालिकाको सहयोगमा आयोजित तालिममा बिपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धि समुदाय, स्थानिय तह तथा स्वयं नागरिकको भूमिकाबाट स्थानीयलाई सुसुचित गराउनुको साथै स्थानीय बिपद व्यवस्थापनको बिषयमा सहभागीहरुलाई प्रस्ट्याइने कार्य गरेका थिए ।
सो तालिममा करिव ६५ जना नगरवासीको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले तालिममा सहभागी नगरवासीलाई प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा चाँगुनारायण नगरपालिका बिपद व्यवस्थापन शाखा प्रमुख दिनेश थापा, चाँगुनारायण नगर खेलकूद बिकाश समिति संयोजक रघु खत्री, नेपाली सेना, नेपाल प्रहरी लगायत सुरक्षा निकायका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो।
तालिम समापनको क्रममा सहभागी नगरवासीले तालिमवाट आफुले लिएको अनुभव वाचन गरी अनुभव साटासाट गरेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्