प्राकृतिक प्रकोप तथा विपदबारे तालिम सम्पन्न

प्रदीप ढकाल ,भक्तपुर
असोज २१, सोमबार ।
विपदबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा २ चरणका ४ दिने तालिम भक्तपुरमा आईतबार सम्पन्न भएको छ ।
प्राकृतिक प्रकोप तथा विपद पश्चात् जोखिममा परेकाहरुलाई कसरी उद्दार गर्न सकिन्छ र बिपद जोखिम कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिनको लागि चाँगुनारायण नगरपालिका विपद व्यवस्थापन उपशाखाले तालिमको आयोजना गरेको थियो ।
चाँगुनारायण नगरपालिकाको सहयोगमा आयोजित तालिममा बिपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धि समुदाय, स्थानिय तह तथा स्वयं नागरिकको भूमिकाबाट स्थानीयलाई सुसुचित गराउनुको साथै स्थानीय बिपद व्यवस्थापनको बिषयमा सहभागीहरुलाई प्रस्ट्याइने कार्य गरेका थिए ।
सो तालिममा करिव ६५ जना नगरवासीको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले तालिममा सहभागी नगरवासीलाई प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा चाँगुनारायण नगरपालिका बिपद व्यवस्थापन शाखा प्रमुख दिनेश थापा, चाँगुनारायण नगर खेलकूद बिकाश समिति संयोजक रघु खत्री, नेपाली सेना, नेपाल प्रहरी लगायत सुरक्षा निकायका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो।
तालिम समापनको क्रममा सहभागी नगरवासीले तालिमवाट आफुले लिएको अनुभव वाचन गरी अनुभव साटासाट गरेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्