मिलन एफसी फुटसलको सेमीमा
प्रदीप ढकाल ,भक्तपुर
असोज १०, बिहिबार ।
मिलन एफसी क्लब रोयल नेपाल सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता २०८१ को सेमीफाइनल प्रवेश गरेको छ। रोयल नेपाल फुटसलको आयोजनामा पेप्सिकोला स्थित दिव्यश्वरी प्लानिंगमा आजबाट सुरू भएको पहिलो रोयल नेपाल सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता २०८१ मा आज भएको पहिलो क्वार्टरफाइनल खेलमा बिजयी हासिल गर्दै मिलन एफसी प्रतियोगिताको सेमीफाइनल पुगेको कार्यक्रम संयोजक कृष्ण कार्कीले जानकारी दिए।
यसैगरि आजै भएको दोस्रो क्वार्टरफाइनल खेलमा बिजयी हासिल गर्दै आरोएनबि एफसी समेत सेमीफाइनल प्रवेश गरेको छ। प्रतियोगिता संयोजक कृष्ण कार्कीका अनुसार भोली बिहान ७:३० बजेबाट बाकी क्वार्टरफाइनलका खेलहरु सुचारू हुने छन्। प्रतियोगिता २६ वटा टिमको सहभागिता रहेको समेत जानकारी गराए। २ दिनचल्ने उक्त प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २,०२,२२२ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताए ।त्यस्तै उपविजेता टिमलाई १,०१,१११ रुपैयाँ प्रदान गरिनेछ। उक्त प्रतियोगितामा सर्बोत्कृत खेलाडी तथा उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिनेछ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्