बिदेशी लगानी जुटाउने वातावरण बनाइनुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल
काठमाडौ, नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाह्य लगानी जुटाउनका लागि सरकारले उपर्युक्त वातावरण सृजना गर्नुपर्ने सुझाव दिनुभएको छ ।
गैर आवासीय नेपालीलाई मात्र नभै विदेशीहरु पनि नेपालमा लगानी गर्नका लागि पूर्वाधार बनाउनुपर्ने उहाको धारणा थियो ।
‘नेपालमा घुम्नको लागि होस्, लगानी गर्नको लागि होस्, विकास निर्माणमा लगानी गर्न होस्, नेपाल उत्तम गन्तव्यस्थल बनाउनुपर्छ । यसका लागि हामीले सबै न्यूनतम पूर्वाधारहरु तयार गर्नुपर्छ, अनुकूल वातावरण सिर्जना गर्न सक्नुपर्दछ’, नेपालले भन्नुभयो ।
समृद्ध नेपाल निर्माणमा एनआरएनहरुको भमिका विषयमा सञ्चार केन्द्र नेपालले शनिवार काठमाडौंमा गरेको कार्यक्रमका प्रमुख वक्ता नेपालले सडक होस् या सामुन्द्रिक बाटो, विकासका लागि मुख्य आधार हुने भएकाले सरकारले त्यसलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
‘विकसित मुलुकहरु अमेरिका र भारतको राम्ररी अध्ययन गर्ने हो भने तपाईहरुले देख्नुहुन्छ बाटोको निर्माण । उनीहरुले पछि ९१÷२ सय० वर्ष सम्मको कुरालाई ध्यानमा राखेर बाटोको निर्माण गरेको छ । तर हाम्रोमा बाटो निर्माण संकुचित प्रवृत्तिको छ’ नेपालले बताउनुभयो ।

हामीले सयवर्षभित्र ८ लेनको वा १२ लेनको बाटो चाहिन्छ भने अहिल्यै १२ लेनको बाटो बनाउने होइन तर जग्गा भने छुट्याउनुपर्दछ । अहिले २ लेनको मात्र आवश्यक छ भने २ लेनको मात्र बनाउनुपर्छ आवश्यकता अनुसार त्यसलाई थप्दै थप्दै जानुपर्ने उहाको भनाई छ ।
उहाँले एनआरएनमा शुक्रबार मात्रै निर्वाचित कुमार पन्तसहितको प्यानललाई बधाई दिंदै स्वदेशमा समृद्धिको अभियानमा सघाउन आग्रह पनि गरेका थिए ।
कार्यक्रममा बोल्दै दक्षिण कोरियाका एनआरन नेता डा।देवीबहादुर बस्नेतले नेपालले अहिले स्थायी सरकार भएकाले बाह्य लगानी भित्र्याउने वातावरण बनाउन सुझाव राख्नुभएको थियो । पहिले देशभित्रै समृद्धिको आधार खोजेपछि मात्रै बाह्य विकल्पमा लाग्न सरकारलाई आग्रह पनि गर्नुभयो । त्यसका लागि पूर्वाधार र अन्य वातावरण हुनुपर्ने बताउनुभयो ।
त्यस्तै एनआरएन अष्ट्रेलियाका नेता देवबहादुर गुरुङ्गले नेपाल र नेपालीमाझ आफूहरु जहा रहेपनि सदा सेवा गर्न तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा एनआरन जापानका नेता महेन्द्रकुमार श्रेष्ठ, सञ्चार केन्द्रका अध्यक्ष गोविन्दप्रसाद चौंलागाईसहितले एनआरएनको भूमिकाबारे बोलेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #माधवकुमार नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्