काठमाडौं उपत्यकासहितअधिकांश स्थानमा वर्षा,सतर्कता अपनाउन आग्रह
काठमाडौ,भदौं १४ – काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रका धेरैजसाे स्थानमा शुक्रबार रातिदेखि नै वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पूर्व र मध्यका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। साथै पश्चिमका पनि एक/दुई ठाउँमा पानी परिरहेको छ।
पहाडी क्षेत्रमा पहिरो जानसक्ने भएकाले त्यस क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन उनको सुझाव छ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोकको बाह्रबिसे र अधिकांश स्थानमा, चितवनको कालीखोला र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको जनाएकाे छ। बाढी महाशाखाले भनेको छ-‘बाह्रविसेलगायत सिन्धुपाल्चोकको कोदारी राजमार्ग, चितवनको नारायणगढ-मुङलिङ सडकखण्डको कालीखोला र आसपास पहिरो जान सक्छ,यात्रामा सतर्कता अपनाऔँ।’
बाढी महाशाखाका अनुसार पूर्वका इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, लमजुङ,चितवनमा रातिदेखि नै वर्षा भइरहेकाले केही साना नदीमा आकस्मिक बहावको सम्भावना छ।
साथै प्रदेश १,२,३ र ४ का साना नदी तथा झापाको विरिङ नदी तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #वर्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्