गोर्खा क्योकुशिनकाइकन कराते खेलाडीहरू सम्मानित

प्रदीप ढकाल ,भक्तपुर
असार १७, सोमबार ।
भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं.८, थाकलमाठ स्थित श्री सरस्वति मा.बि. मा द गोर्खा क्योकुशिनकाइकन कराते खेलका खेलाडीहरू सम्मानित भएका छन्। हालै प्रकाशित एसइइ परिक्षाफलमा उत्कृष्ट अंङ्कका साथ सफल भएका सम्पुर्णलाई प्रशिक्षक तथा मात्सुशिमा क्योकुशिनकाइकन करातेका नेपाल स्थित डोजो अपरेटर रघु के.सी द्वारा जनहि नगद रू.१,१११/- सहितसम्मान गरिएको हो। उक्त डोजोबाट अनुप तिमल्सिनाले ए प्लस लेराएका छन् भने साजन दुलाल, प्रशान्त लामा, सुबोध पुरी र मुनादुलालले ए ग्रेड लेराइ उत्तीर्ण गरेका छन्। उनीहरु सबैले श्री सरस्वति मा.बि.बाट एसइइ दिएका थिए।
प्रशिक्षक केसीले बिद्यालय तह देखिनै खेलकुदको प्रशिक्षण गराउनुपर्ने अनि मात्र खेल बिकास र बिस्तारमा सहयोग पुग्ने बताउनु भयो।उनले स्वस्थ ब्यक्तिले नै सहजताका साथ अध्ययन गर्नसक्ने, क्षमता बिकास गर्नसक्ने भएकोले सबैमा खेलप्रति सकारात्मक भई ब्यक्तित्व बिकासमा लाग्नुहुन अनुरोध गर्नुभयो। कार्यक्रममा उत्कृष्ट र गुणस्तरीय शिक्षा दिइरहेको भक्तपुरको लोकप्रिय विद्यालयको रूपमा रहेको सरस्वति मा.बि. का विद्यालय ब्यबस्थापन समिति अध्यक्ष सञ्जिब पुरी र प्रधानाध्यापक टीका राम पाण्डेको समेत विशेष उपस्थिति रहेको थियो।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्