सरकारको ऋण १० खर्ब नाघ्यो ,टाट पल्टियो देश (सूचीसहित)
सरकारले कूल १ खर्ब ७७ अर्ब ८५ करोड ऋण लिएको थियो । त्यसमध्ये १ खर्ब २५ अर्ब १६ करोड ७५ लाख रुपैयाँ ऋण थपिएको हो । यस अवधिमा साँवा र ब्याज गरी ७५ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ ।
देशभित्र र बाहिर नेपालको सरकारले तिर्नुपर्ने ऋण १० खर्ब नाघेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म सरकारलाई १० खर्ब ४१ अर्ब रुपैयाँ ऋण लागेको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कूल सरकारी ऋण कूल गार्हस्थ उत्पादन (जीडीपी) को ३०.०६ प्रतिशत पुगेको छ । यसमा बाह्य ऋणको हिस्सा १६.९८ प्रतिशत रहेको छ भने आन्तरिक ऋण १३.८० प्रतिशत रहेको छ । आव २०७४/७५ मा जीडीपीको ३०.३२ प्रतिशत सरकारको कूल ऋण थियो ।
यसमध्ये सरकारले अन्तर्राष्ट्रिय समुदायसित लिएको ऋण ५ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब २३ करोड रहेको छ । आव २०७५/७६ मा मात्र सरकारको ऋण १३.६५ प्रतिशतले वृद्धि भएको छ ।

क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सरकारको ऋण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्