विश्व विनायक बन्यो समुह विजेता
प्रदीप ढकाल ,भक्तपुर
जेष्ठ २६, शनिवार ।
भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को शनिवारको खेलमा जित हातपार्दै विश्व विनायक क्लव समुह विजेता बनेको छ। भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा शनिवार दिउँसो सम्पन्न खेलमाविश्व विनायक क्लवले भक्तपुर यूनाइटेड फुटवल क्लवलाई ४–२ गोल अन्तरले पराजित गरेको हो। विश्व विनायक क्लवको तर्फबाटअर्बिन श्रेष्ठले २ गोल तथा नबीन कुटु र मदन प्रजापतिले एक एक गोल गरे। भक्तपुर यूनाइटेडको तर्फबाट विवेक कवांन एक्लैले दुईगोल गरे। खेलको म्यान अफ दी म्याच विश्व विनायक क्लवका अर्बिन श्रेष्ट घोषित भए ।
जितसगैं विश्व विनायक क्लव समुह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने भक्तपुर यूनाइटेड फुटवल क्लव समुह उपविजेताबन्दै सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगितामा जम्मा ९ क्लबको सहभागिता रहेको र प्रतियोगिताको बिजेताले नगद १ लाख तथा उपविजेताले नगद ५० हजार पाउने पनिआयोजकले जनाएको छ। प्रतियोगिताको प्रथम सेमिफाइनल खेल सोमबार दिउँसो ४ बजे भक्तपुर बहुमुखी क्याम्पसको फुटबलमैदानमा हुने छ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्