यो सरकार आफ्नै भारीले थिचिन्छ र फतक्क कुहिएर झर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले बनेको सरकार धेरै समय टिक्न नसक्ने बताएका छन् । बुधबार भिडियो सन्देश जारी गर्दै थापाले अहिलेको गठबन्धन सरकार दौडने होइन हिँड्न समेत नसक्ने दाबी गरे ।
उनले भने, ‘यो सरकार आफैँ यसरी बनेको छ कि यो दौडिने त कुरै छोड्नुहोस्, यो हिँड्नै सक्दैन । यो आफ्नै भारीले थिचिन्छ र फतक्क कुहिएर झर्छ ।’
नयाँ गठबन्धन सरकार ढलोस् भन्ने पक्षमा आफू नरहेको बताउँदै उनले राम्रो गरोस् भन्ने शुभेच्छा राखे पनि सरकार निर्माणको प्रक्रिया हेर्दा अगाडि बढ्न नसक्ने देखिएको उनको भनाइ छ ।
थापाले सन्देशमा भनेका छन्, ‘कुनै बेला हाम्रो नेता गिरिजाप्रसाद कोइराला यस्तो खालको सरकार बन्दै गर्दा ‘फु‘ गरेर ढालिदिन्छु भन्नुहुन्थ्यो। म त्यसो भन्दिनँ। किनकि यो सरकार ढल्न फु पनि गर्नु पर्दैन।’
कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेलामा गठबन्धन टुटाउन सक्छन् भन्ने कुरामा आफू प्रष्ट रहेको बताए ।
उनले भने, ‘गठबन्धन कुनै राजनीतिक स्थायित्वका लागि होइन बाँडीचुडी खान सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन हो । भागबन्डा नमिल्ना साथ भोलि कुनैबेला गठबन्धन भत्किने नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृत अभ्यासनको पुनरावृत्ति हुने प्रष्ट छ ।
एमालेको दस्तावेजमा समेत माओवादीले चाहे जस्तो भाषा र शब्दहरु नरहेको उल्लेख गर्दै महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको समेत माओवादीलाई हेर्ने दृष्टिकोण उसले चाहेजस्तो नरहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गगन थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्