मन्त्री किराँती १८ करोडको कमिसनको खेलमा लागेको सूचना छ : रामहरि खतिवडा
काठमाडौं, १३ फागुन । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती जहाज किन्ने बहानामा कमिसनको खेलमा लागेको आरोप लगाउनुभएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद खतिवडाले जहाज खरिदमा १८ करोड कमिसनको खेल सुरू भएको सूचना पाएको बताउनुभएको हो ।
‘भर्खरै वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीहरुलाई करार र ज्यालादारीमा नियुक्ति गरेर राखिएको छ । हाजिर गरेर पुग्ने गरी के गर्ने थाहा छैन् । यसका बाबजुद मन्त्री नयाँ प्लेन किन्नु पर्यो भनेर लाग्नुभएको छ । ‘थ्री हन्ड्रेड जी’ भन्ने एउटा प्लेन ल्याइँदै छ । जुन अहिले प्रोडक्सनमा छैनन् । त्यसमा झण्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेल सूरु भएको सूचना प्राप्त भएका छन्,’ खतिवडाले भन्नुभयो ।
खतिवडाले पर्यटनमन्त्री सुदन किराती सस्तो लोकप्रियताको पछि भागेको पनि टिप्पणी गर्नुभयो ।
कार्यालय सफा गरिरहेको भिडियो सार्वजनिक भएको विषयमा बोल्दै झाडु र क्यामरा लिएर मन्त्रालयमा छिर्ने र सस्तो लेकप्रियताका लागि तस्विर सार्वजनिक गर्ने पद्दतीको विकास गरेको बताउनुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मन्त्री किराँती १८ करोडको कमिसनको खेलमा लागेको सूचना छ, #रामहरि खतिवडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्