नेकपा एमाले टोखा-४ को अध्यक्षमा राम बहादुर ठकुरी,को को बने पदाधिकारी तथा सदस्यहरु ?

नेकपा एमाले टोखा नगरपालिका वडा नं ४ को अध्यक्षमा राम बहादुर ठकुरी निर्वाचित भएका छन। माघ २७ गते भएको वडा अधिवेसनबाट ठकुरी अध्यक्षमा निर्वाचित भएका हुन्।
सो वडा अधिवेसनबाट कमिटीको उपाध्यक्षमा ओमकार श्रेष्ठ र सचिवमा लक्ष्मीराज जोशी निर्वाचित भएका छन भने उपसचिवमा आशिष श्रेष्ठ चयन भएका छन।
उक्त अधिवेसनबाट वडा कमिटीको सदस्यहरुमा प्रेम बहादुर लामा ,दलमाया श्रेष्ठ,दुर्गा दास श्रेष्ठ ,माधव लामा ,हेकुल लक्ष्मी श्रेष्ठ,चेत बहादुर श्रेष्ठ ,सुरेन्द्र श्रेष्ठ ,अभिषेक कार्की ,दिपु श्रेष्ठ ,नकुल अधिकारी ,प्रविण श्रेष्ठ ,केशव श्रेष्ठ ,रिता श्रेष्ठ ,कृष्ण बिक र बबिन श्रेष्ठ निर्वाचित भएका छन।
गठबन्धन सरकार आत्मसमर्पणवादी र विदेशीको लागि कम्फरटेबल : ईश्वर पोखरेल
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार असक्षम र देश विरोधी भएको बताउनुभएको छ ।
एमाले टोखा वडा नं ४ को दोस्रो वडा अधिवेशन शनिबार काठमाडौंमा उद्घाटन गर्नुहुँदै उहाँले सरकार देश विकासको बाधक भएको बताउनुहुदै अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता जोगाउनको लागि जस्तोसुकै राष्ट्रघात र सम्झौता गर्न पछि नपर्ने टिप्पणी गर्नुभयो ।
सरकारले आर्थिक, कूटनीतिक, विकास, सुशासन कुनै पनि क्षेत्रमा पनि नागरिकमा आशा जगाउन नसकेको बताउनुभयो । गठबन्धन सरकार बहुआयामिक रूपमा असफल भएको उहाँको टिप्पणी छ ।
राष्ट्रवादी शक्तिलाई कमजोर बनाएर आत्मसमर्पणवादीले विदेशीको लागि कम्फरटेबल सरकार चलाइरहेका बताउनुभयो । विकास र समृद्धिका सपना देख्नेलाई छेउ लगाएर विकास खानेको हातमा अहिले सत्ताको बागडोर पुगेको भनाई छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नेकपा एमाले टोखा-४
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्