सलाहल चम्किदा लिभरपुलको सानदार जित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले सानदार जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा मोहम्मद सलाहल चम्किदा लिभरपुलले न्यूक्यासल युनाइटेडमाथि ४–२ गोल अन्तरकाने शानदार जित निकालेको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउनका मोहम्मद सलाहले २ गोल गर्दा कर्टिस जुलियन जोन्स र कोडी म्याथेस गाक्पोले एक एक गोल थपेका थिए ।
न्यूक्यासलका लागि अलेक्जेन्डर आइज्याक र स्वेन एड्रियान बोटम्यानले एक एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका हुन् ।
४९ औं मिनेटमा सलाहले डार्विन गेब्रियल नुनेजको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । अलेक्जेन्डर आइज्याकले ५४ औं मिनेटमा एन्थोनी गोडोनको पासमा गोल गर्दै न्युक्यासलाई १–१ को बराबरीमा ल्याएका थिए ।
७४ औं मिनेटमा कर्टिस जुलियन डिएगो जोटाको पासमा गोल गर्दै २–१ ले लिभरपुललाई अघि बढाएका थिए ।
७८ औं मिनेटमा सलाहको पासमा कोडी म्याथेस गाक्पोले गोल गरेपछि लिभरपुल ३–१ को अवस्थामा पुगेको थियो ।
८१ औं मिनेटमा सिन डेभिडन लङस्टाफको पासमा एड्रियान बोटम्यानले गोल गर्दै अन्तर ३–२ मा झारेका थिए ।
तर, ८६ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल ४–२ को फराकिलो जित निकाल्न सफल भयो ।
जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ३ अंकको अग्रता बनाएको छ । लिभरपुलले २० खेलबाट ४५ अंक बनाउँदा दोस्रो स्थानमा रहेको एस्टन भिल्लाको समान खेलबाट ४२ अंक रहेको छ । लिभरपुलसँग पराजित भएको न्यूक्यासल भने २९ अंकका साथ नवौं स्थानमा छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #सलाहल चम्किदा लिभरपुलको सानदार जित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्