कोपा अमेरिका २०२४ को ‘ड्र’ सार्वजनिक

काठमाडौं । सन् २०२४ को जुनमा हुने कोपा अमेरिका २०२४ को खेल तालिका ‘ड्र’ सार्वजनिक भएको छ ।
अमेरिकामा आयोजना हुने उक्त प्रतियोगितामा उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु सहभागि हुने छन् ।
प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० र उत्तर र तथा मध्य अमेरिकी क्षेत्रबाट ६ गरी कूल १६ राष्ट्रले सहभागिता जनाउने छन् । सहभागिता जनाउनेछन्।
उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३–२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका हुन् भने बाँकी दुई टिमको टुंगो प्लेअफबाट लाग्ने बताइएको छ ।
शुक्रवार बिहान सार्वजनिक ड्र अनुसार साविक विजेता तथा विश्व विजेता अर्जेन्टिना समूह ‘ए’ मा रहेको छ। यस समूहमा पेरु र चिली पनि छन् । कोनकाकाफ क्षेत्रको एक टिम यो समूहमा पर्नेछन् ।
यस्तै समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् । समूह ‘सी’ मा आयोजक अमेरिका सहित उरुग्वे, पानामा र बोलिभिया छन् ।
समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन्। यस समूहमा पनि कोनकाकाफ क्षेत्रको एक टिम हुनेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #कोपा अमेरिका २०२४ को ‘ड्र’ सार्वजनिक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्