नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाजरकोट भूकम्प प्रभावितहरूलाई भेट्न

जाजरकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाजरकोट र रुकुम पश्चिमका जाँदैछन् ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आफन्त गुमाए र घरबार गुमाएका पीडितहरूलाई भेट्न एमाले अध्यक्ष ओली आज यसतर्फ गएका हुन् ।
यही मंसिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को छैटौँ दिन एमाले अध्यक्ष ओली नेतृत्वको टोली आज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूसँग भेट्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले दिए ।
आचार्यका अनुसार जाजरकोट पुगेर अध्यक्ष ओलीले भूकम्प पीडितहरूसँग अन्तरक्रिया गर्ने, भूकम्प प्रभावित क्षेत्रमा एमालेले खटाएको स्वयम् सेवक टोलीको कामका बारेमा जानकारी लिने र पुनः निर्माणका बारेमा सरोकारवालासँग अध्यक्ष ओलीले छलफल गर्ने कार्यक्रम अपराह्न भेरी नगरपालिका १ रिम्नामा तय गरिएको छ ।
एमालेले कात्तिक १ गते देखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न ११ सय स्वयंसेवक परिचालन गरिरहेको छ । राती गएको उक्त भूकम्पमा परेर जाजरकोटमा मात्रै १०१ जनाले ज्यान गुमाएका थिए भने ९४ जना सिकिस्त घाइते भएका थिए ।
९ हजार ७ सय ९४ घर पूर्ण रुपमा क्षति गरेको भूकम्पले २४ हजार ७ सय ७ घर आंशिक क्षति हुँदा जिल्लाका ९ हजार ६ सय ८१ परिवार विस्थापित भएका छन् ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्