गाजामा इजरायली आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो

गाजा पट्टी, प्यालेस्टाइनी क्षेत्र। कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलद्वारा थालेको कारबाही करिब एक महिना पुग्दै गर्दा प्यालेस्टिनी भूमिमा इजरायली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको जनाएको छ ।
गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्रेहले पत्रकार सम्मेलन गरी १० हजार २२ जनाको मृत्यु भएको घोषणा गर्नुभएको छ ।
इजरायली सेनाले गरेको भीषण बमबारीमा आतबार र सोमबारमा कम्तीमा २९२ जना प्यालेस्टाइनीको मृत्यु भएको उहाँले बताउनुभयो ।
मन्त्रालयका अनुसार गाजामा युद्ध सुरु भएयता मारिनेमा चार हजारभन्दा बढी बालबालिकासहित अधिकांश सर्वसाधारण रहेका छन् ।
गाजा क्षेत्रमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार ४०० जनाको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन् ।एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #इजरायल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्