प्रतिनिधि सभाको बैठक बस्दै, के-के छन् आजका कार्यसूची ?
काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे सुरु हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धि पत्रहरु र संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने भ्रमणका लागि गएराति नेपाल आइपुगेका हुन्। उनले भ्रमणको आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्दैछन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट हुनेछ। महासचिव गुटेरेसले मंगलबार अपराह्न ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
पाण्डेयका अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक-२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक- २०८०, भन्सार विधेयक-२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।
यसैगरी परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिमस्टेक वडापत्र (बिमस्टेक चार्टर) अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ
क्याटेगोरी : bannernews, ब्रेकिंग न्युज, राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्