महायज्ञमा प्रदेशको साथ , साथै गरियो कन्या पुजा

प्रदीप ढकाल ,भक्तपुर
आश्विन २०,शनिबार ।
भक्तपुर जिल्लाको ताथलीमा कन्या पुजन गरिएको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलिमा सञ्चालन भएकोभक्तपुर,चाँगुनारायण ताथली धार्मिक तथा सास्कृतिक महामहोत्सव एवम श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा शनिबारकन्या पुजन गरिएको हो । स्थानिय बालिकाहरुको सहभागितामा कन्या पुजन गरिएको हो । कन्या पुजनमा करिब १२० बढी कन्याहरुकोसहभागित रहेको थियो ।
साथै यसैगरी सोही दिन बाग्मति प्रदेशका प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागि करिब २०लाख सहयोग गर्ने घोषणा गरेका छन । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं.९ को ताथलीमा सञ्चालन भइरहेकोश्रीमदभागवत पितृ मुक्ति ज्ञान महायज्ञ २०८० मा सहभागी भई सांसद श्रेष्ठले बाबा आमाको सेवा गर्नु मेरो पनि अधिकार हो । मेरो साथसधै रहने छ । आश्रम निर्माण गर्न अहोरात्र लाग्ने छु भनि आगामि आर्थिक बर्ष २०८१–८२ मा प्रदेश सभाबाट २० लाख छोरीको घर जेष्ठनागरिक आश्रम निर्माणको लागी बजेट छुट्टाउने घोषणा गरेका हुन्।
गत आश्विन ११ गते देखि भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिकआश्रमको लागी जमिन खरिद गरि भवन निर्माणको सहयोगार्थ श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञ सञ्चालन भैरहेको छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्