भक्तपुर आउदै चर्चित गायक प्रकाश सपुत, साथमा के.की पनि

प्रदीप ढकाल ,भक्तपुर
आश्विन २०,शनिबार ।
चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलीमा सञ्चालन भईरहेको महायज्ञमा नेपाली लोक संगित क्षेत्रका चर्चित लोक गायक तथाचलचित्र प्रदेशी–२ का नायक प्रकाश सपुत आउने भएका छन्।
आगामी बिजयादशमीको सु–अबसर पारेर असोज २६ गते देखि देशभर एकैसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र प्रदेशी–२ कासम्पूर्ण कलाकार शनिबार महायज्ञमा आउदै छन । प्रदर्शनको पूर्व तयारीमा रहेको उक्त चलचित्रका कलाकारहरु अहिले उपत्यका तथाउपत्यका बाहिर प्रचारप्रचारको दौडानमा रहेको र यसै क्रममा आज भक्तपुर जिल्लाको ताथलीमा संचालन भईरहेको महायज्ञमाउपस्थित हुने महायज्ञका संकल्पकर्ता वालयोगेश्वर श्री बिजयमूर्ति महाराज ज्यूले जानकारी दिएका छन ।
गत आश्विन ११ गते देखि भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिकआश्रमको लागी जमिन खरिद गरि भवन निर्माणको सहयोगार्थ श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञ सञ्चालन भैरहेको छ ।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका नायिका केकि अधिकारी, बर्षा सिवाकोटी,निर्माता नारायण रायमाझि लगाएको पनी सहभागीतारहने आयोजकले जनाएको छ । त्यस्तै महायज्ञका नियमित कार्यक्रमहरु नियमित सञ्चालन हुने छन ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्