१९औं एसियाड : टी-२० मा नेपालको विश्व कीर्तिमानी जित
, असोज १० गते । नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ ।
जेजिया ङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा बुधबार बिहान भएको खेलमा जितको लागि तीन सय १५ रनको विश्व कीर्तिमानी विशाल लक्ष्य पछ्याएको मङ्गोलिया १३.१ ओभरमा सबै विकेटको क्षतिमा ४१ रनमा समेटियो । यो विश्व टी-२० क्रिकेटमा कीर्तिमानी ठूलो जित हो । नेपालले यस जितमा चार विश्व कीर्तिमान बनायो ।
यसअघि २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध दुई सय ५७ रनको जित निकालेको थियो । मङ्गोलियाका दावासुरेनले २३ बलमा दुई चौकासहित सर्वाधिक १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । मंगोलियाको टी-२० मा यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।
बलिङमा नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले दुई दुई विकेट लिनुभयो । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा तीन सय १४ रन बनाएको थियो । यो लक्ष्य विश्व टी-२० अन्तर्राष्ट्रियमा हालसम्मकै ठूलो हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान दुई सय ७८ रन बनाएका थिए ।
नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानी ब्याटिङ गर्नुभयो । कुशल मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित अविजित एक सय ३७ रन बनाउनुभयो ।
दीपेन्द्रसिंह ऐरीले १० बलमा आठ छक्कासहित अविजित ५२ रन बनाउनुभयो । ३४ बलमै सतक प्रहार गरेसँगै कुशल टी-२० को इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमानी ब्याट्सम्यान बन्नुभएको छ ।
यसअघि सर्वाधिक छिटो शतक ३५ बलमा बनेको थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हान्नुभएको थियो ।
यस्तै कप्तान राहित पौडेलले २७ बलमा दुई चौका र ६ छक्कासहित ६१ रन बनाउनुभयो । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले एक सय ९३ रनको साझेदारी गर्नुभयो । यो टी-२० मा नेपाली ब्याट्सम्यानले हासिल गरेको हालसम्मको उच्च साझेदारी हो ।
दीपेन्द्रसिंह ऐरीले अविजित ५२ रन जोड्दै विश्व कीर्तिमान बनाउनुभयो । उहाँले नौ बलमा अर्धशतक हान्दै नयाँ विश्व कीर्तिमान रच्नुभएको हो । दीपेन्द्रले यसअघि भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोड्नुभएको हो ।
ओपनर कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन बनाउनुभयो । मङ्गोलियाविरुद्ध कप्तान रोहित पौडेलले पनि १९ बलमै अर्धशतक पूरा गर्नुभयो । समूह ए मा रहेको नेपालले अब दोस्रो खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्