देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत छ : कार्यवाहक प्रधानमन्त्री खड्का
काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ ।
संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च ९टुँडिखेल०मा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानप्रति सबैको सच्चा सम्मान र समर्पणले नै देशलाई समृद्ध लोकतन्त्रको नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधानका आधारस्तम्भहरू क्रमशः सवल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएकाले अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको स्पष्ट गर्नुभयो ।
“भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन अब हामी सबै थप समर्पणभावका साथ जुट्नुपरेको छ”, कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो, “संविधानको कार्यान्वयनबाट सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा तथा पछौटेपनबाट मुक्ति दिलाइ समतामूलक समाजको सिर्जना गर्नु हाम्रो साझा दायित्व हो ।”
कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले स्वास्थ्य पूर्वाधार एवं सेवाहरूको विस्तार र सृदृढीकरण गरी महामारी नियन्त्रण तथा विपद् व्यवस्थापन एवं न्यूनीकरण गर्न सक्दो प्रयास गरेको र डेङ्गु रोग फैलन नदिन तथा यसबाट हुनसक्ने सम्भावित क्षति न्यून गर्न आवश्यक तयारी गरिरहेको बताउनुभयो । बाढी, पहिरोजस्ता विपद्का कारण भएको धनजनको क्षतिमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि प्रदेश र स्थानीय तहसमेतको समन्वयमा काम गरिएको उहाँले उल्लेख गर्नुभयो ।
संविधानको मर्म र भावनाबमोजिम नागरिकलाई खुसी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभूति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपर्ने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील रहेको पनि अवगत गराउनुभयो । उहाँले संविधान दिवसका अवसरमा कुनै आग्रह र पूर्वाग्रह नराखी देश र जनताको बृहत्तर हितलाई सर्वोपरी ठान्दै विकास र समुन्नतिमा जुट्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबैमा आग्रह गर्नुभयो । कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो, “आजको दिनले विशेषतः युवाहरूमा हाम्रो संविधानको सङ्कल्प र सपनाबारे गहिरो ज्ञान तथा प्रेरणाको सञ्चार गरोस् । सुशासन, समृद्धि र सामाजिक न्यायको हाम्रो यात्रामा सबैलाई थप ऊर्जा र हौसला देओस् ।”
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्णबहादुर खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्