सजिलो पत्र तिज फोटो प्रतियोगिताका विजयी घोषणा र पुरस्कार वितरण कार्यक्रम सम्पन्न

नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा ब्लु बेरी मिडियाको प्रस्तुतिमा सजिलो पत्र अनलाईन मिडियाद्वारा आयोजित कार्यक्रम सम्पन्न भएको छ । घर जग्गा कम्पनी लिमिटेडको समन्वय रहि आयोजित कार्यक्रम ‘तीज फोटो प्रतियोगिता २०८०’ काठमाडौं स्थित मनमैजु पुलमा रहेको ओबिसी क्याफेमा सम्पन्न भएको हो ।
सजिलो पत्रका अध्यक्ष राधेश्याम फुयाल शर्माको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य अमन मास्के प्रमुख अतिथी र कान्तिपुर मलका महाप्रबन्धक अमर निरौला विशेष अतिथी रहनुभएको थियो। कार्यक्रममा तिज फोटो प्रतियोगितामा प्रथम हुने सिता पुरी ,दोश्रो हुने संगीता औजि,तेस्रो हुने सुनिला लिङ्देन र सान्त्वना पुरस्कार विजेता आरती पाण्डे,सुस्मिता ढकाल ,बिनिता शर्मा,बिन्दु काफ्ले र मनिशा ठकुरीको नाम घोषणा गरिएको थियो।
उपस्थित विजयीलाई चेक हस्तान्तरण गरिएको थियो भने अनुपस्थितलाई उसैको नाममा बैंकमा रकम दाखिला गरिने सजिलो पत्रका अध्यक्ष राधेश्याम शर्मा फुयालले जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न तहका पदाधिकारीहरू, आयोजक संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रायोजकहरुलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो। तिज फोटो प्रतियोगितामा गोदावरी होटेल(टौखेल),कान्तिपुर मल,मनकामना ओपन स्कुल,ॐ शिवपुरी वचत,रामचन्द्र हाउजीङ् एण्ड ल्याण्ड डेभलपर्स,जग्गा जमिन,काभ्रेस्थली कृषि सहकारी संस्था लिमिटेड ,डिसिआर कन्सल्टेन्सी प्राईभेट लिमिटेड ,शु ल्याण्ड,पालज्ञा होटल,विदुर ईन्जिनियरिङ्ग कन्सल्टेन्सी प्राईभेट लिमिटेडको प्रायोजन रहेको थियो।
कार्यक्रममा युवा व्यवसायी अमिर राज गुरुङ् ,खगेन्द्र खड्का ,पुष्प मानन्धर ,सोशिम पुन र युजिना रियल स्टेटलाई सामाजिक कार्यमा पुर्याएको योगदानको लागि विशेष सम्मान गरिएको थियो। सहयोगी नारी सम्मान अन्तर्गत तीन जना महिलालाई सारी प्रदान गरिएको थियो।
मन्तव्यका क्रममा प्रमुख अतिथि अमन मास्केले नारीहरूलाई लक्ष्मीका रूपमा पुज्दै रमाउने अवसर दिनु पर्ने बताए । उनले यो पर्व नारीको पर्व भएको हुँदा पुरुषले उनीहरूलाई सम्मान पूर्वक स्थान दिनुपर्नेमा जोड दिनुभयो ।
तीज महिलाको पर्व भएको हुनाले उनीहरू नै हर्ताकर्ता हुनुपर्ने मास्केको भनाइ थियो ।
विशेष अतिथी अमर निरौलाले यस्ता कार्यक्रमले नारी सम्मान बढाउने र जुन घरमा नारी खुशी हुन्छन् त्यो घरमा भगवानको बास हुन्छ भन्ने मनुस्मृतिमा उल्लेख गरिएको भनाई राख्नुभयो।
क्याटेगोरी : स्थानीय
ट्याग : #सजिलो पत्र
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्